होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • तपाइँलाई खान बस्न समस्या भए यी नम्बरमा फोन गर्नुहाेस्, नेकपाले सहयाेग गर्छ
देश/प्रदेश

तपाइँलाई खान बस्न समस्या भए यी नम्बरमा फोन गर्नुहाेस्, नेकपाले सहयाेग गर्छ

  • नागरिक रैबार
तपाइँलाई खान बस्न समस्या भए यी नम्बरमा फोन गर्नुहाेस्, नेकपाले सहयाेग गर्छ

८ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लकडाउनका कारण समस्यामा परेका मजदुरलाई सहयाेग गर्ने भएकाे छ ।  विभिन्न फोन नम्बर उपलब्ध गराउदै नेकपाले खानबस्नको समस्याले काठमाडौंँ नछाड्न समेत आग्रह गरेको हो ।

नेकपाको काठमाडौँ जिल्ला कमिटीले एक अपिल जारी गर्दै श्रमिकहरुलाई यथास्थानमा बस्न आग्रह गरेको छ । खान र बस्नको समस्याले कसैले काठमाडौँ छोड्नुपर्ने अवस्था नआउने नेकपा काठमाडौँ जिल्ला कार्यालयद्वारा जारी अपिलमा भनिएको छ ।

तपाई रहनु भएको वडाका जनप्रतिनिधि, मेयर, उपमेयर, जिल्ला समन्वयका प्रमुख, उपप्रमुख, सदस्य, प्रदेश तथा संघीय सांसदहरुको सम्पर्कमा पुग्नुहोस्’, अपिलमा भनिएको छ, ‘तपाईको समस्या समाधान हुनेछ ।

विज्ञापन

आवश्यक परेमा नेकपाको जिल्ला, नगर र वडा कमिटीहरु हरदम समन्वय गर्न तयार छ ।’ अप्ठ्याराेमा परेकालाई सहयोग गर्न काठमाडौँ जिल्ला कमिटीका सदस्यहरुको नाम र टेलिफोन नम्बरसमेत उपलव्ध गराइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार