होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपाली अर्थतन्त्रमा कोरानाको प्रभाव
देश/प्रदेश

नेपाली अर्थतन्त्रमा कोरानाको प्रभाव

  • नागरिक रैबार
नेपाली अर्थतन्त्रमा कोरानाको प्रभाव
कोरोनाका कारण देखा परेको विश्वव्यापी आर्थिक मन्दीले हाम्रो कमजोर निर्यात क्षेत्रलाई झन् ठूलो धक्का पु-याउनेछ कोरोना भाइरस प्रकोप (कोभिड-१९) ले क्षेत्रीय र विश्व अर्थ व्यवस्थामा गम्भीर असर पारिराखेको छ । भाइरसको महामारी कहिले रोकिने हो, ठेगान छैन । धेरै देशसँग त यसलाई जाँच्ने उपकरणसमेत अभाव छ ।
अहिले यस रोगको खोप पत्ता लगाउन वैज्ञानिक लागिपरेका छन् । छोटो समयमै विश्वव्यापी रूपमा फैलिएको यो भाइरसले दशकौँदेखि स्थापित आपूर्ति शृंखलामा अवरोध ल्याएको छ । यसले गर्दा विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने प्रारम्भिक पूर्वानुमान गरिएको छ । चिनियाँ सामान र पर्यटकको ठूलो महत्व रहेको हाम्रो अर्थतन्त्रमा सोझै नकारात्मक असर पर्ने देखिन्छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानमा डिसेम्बर २०१९ मा भाइरस पहिचान भएको थियो ।
यसले चिनियाँ उत्पादन, आपूर्ति संयन्त्र र अर्थ व्यवस्थामाथि त गम्भीर चोट पु-याइसक्यो नै, भाइरसको विश्वव्यापी फैलावटबाट पैदा हुने अनिश्चितता र वैकल्पिक आपूर्ति शृंखलामा अचानक आघात आएपछि विश्वकै अर्थतन्त्र अहिले जोखिममा छ । विश्वव्यापी आपूर्ति शृंखलामा कोरोना भाइरस महामारीको प्रभावबारे ‘युएनसिटिएडी’द्वारा गरिएको प्रारम्भिक विश्लेषणअनुसार सबैभन्दा बढी प्रभावित उत्पादनमा सटीक उपकरण, मेसिनरी, मोटरबाहन, सञ्चार उपकरण, विद्युतीय मेसिनरी, रबर र प्लास्टिक, छालाका सामान, धातु, कागज, पेट्रोरसायन र कपडालगायत पर्छन् ।
युरोपियन युनियन, अमेरिका, जापान, कोरिया र भियतनाम यसबाट सबैभन्दा बढी प्रभावित हुने अर्थतन्त्र हुन् । कच्चा माल र मध्यवर्ती सामान उत्पादनका लागि चीनमा निर्भर अन्य देश पनि प्रभावित छन् । यसबाहेक, कोरोना भाइरसको फैलावटका कारण श्रम, पुँजी र व्यापारमा अवरोध आउँदा धेरै देशमा उत्पादन क्षमता कम हुनेछ । ‘चार मुख्य प्रभाव : नेपाली अर्थव्यवस्था चार प्रमुख मोर्चामा प्रभावित हुने देखिन्छ । यसले आर्थिक वृद्धि र रोजगारीको अवसरलाई असर गर्नेछ ।
पहिलो, यात्रा र पर्यटन उद्योग, जुन २०२० मा अपेक्षित वृद्धिका लागि तयारीहुँदै थियो । यात्रा प्रतिबन्धले सन् २०२० मा नेपालमा बीस लाख पर्यटक आगमनको आशा अब सपना मात्रै हुनेछ । पर्यटन पूर्वाधार र सेवाका आधारमा बीस लाख पर्यटक लक्ष्य सुरुमै अवास्तविक लक्ष्य थियो । बीस लाख पर्यटक आउने आशामा नयाँ स्थापना गरिएका, निर्माणाधीन र सञ्चालनमा रहेका होटेल र रेस्टुरेन्टका लगानीकर्तालाई ऋण नवीकरण गर्नुपर्ने समस्याले पिरोल्न थालिसकेको छ ।
चीनबाट सबै उडान निलम्बित छन् नै, अन्य देशबाट आउने पर्यटकमा पनि भारी गिरावट आएको छ । गत साल आएका बाह्र लाख पर्यटकमध्ये चौँध प्रतिशत चीनबाट आएका थिए । चिनियाँ पर्यटककै कारण मुलुकको पर्यटन क्षेत्रमा ‘अफ सिजन’ महिना नै घटेको थियो । वर्षभरि कारोबार चलायमान पारी आर्थिक गतिविधि र रोजगारी वृद्धि गर्न अहम भूमिका खेलेको थियो । भाइरसबाट संक्रमित हुने डरले अहिले पर्यटक आगमन ठप्पजस्तै छ । होटेलको औसत ‘अकुपेन्सी’ पैतालीस प्रतिशतभन्दा तल झरेको छ ।
अघिल्ला वर्षमा यो समयमा पचासी प्रतिशतभन्दा धेरै ‘अकुपेन्सी’ हुने गथ्र्यो । मुलुकमा आउने पाहुनामध्ये सत्तरी प्रतिशत छुट्टी र मनोरन्जनका लागि आउ“छन् भने आठ प्रतिशत पदयात्रा र पर्वतारोहण तथा पन्ध्र प्रतिशत तीर्थयात्रा गर्न आउँछन् । यात्रा र पर्यटन उद्योगमा गम्भीर प्रभावका कारण अन्ततः यस वर्ष सेवा क्षेत्रको वृद्धि अनुमान गरेभन्दा धेरै कम हुनेछ । यात्रा र पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान (होटेल, ट्राभल एजेन्ट, एयरलाइन्स र यात्री यातायात सेवाद्वारा उत्पन्न आर्थिक गतिविधि) को अनुमानित कुल गार्हस्थ उत्पादनको चार प्रतिशतजति छ ।
यस क्षेत्रले पनि कुल वैदेशिक मुद्रा आयमा ६ प्रतिशत जति योगदान गर्दै आएको छ । दोस्रो, आयोजना कार्यान्वयन र समापनमा अवरोध आउनेछ । विशेषगरी, विमानस्थल, जलविद्युत्, सडक यातायातलगायत क्षेत्रका ठूला पूर्वाधार परियोजना समय र लागत वृद्धिका समस्याले पिरोलिनेछन् । केही चिनियाँ कामदार र प्रबन्धकलाई रोजगारी दिइरहेका चिनियाँ ठेकेदारले बनाइरहेका आयोजनामा समस्या देखिसकेको छ ।
परियोजना समीक्षालगायत कार्य प्रभावित भइसकेको सूचीमा पर्छन् । बिस्तारै अन्य आयोजनाले पनि कच्चा माल र मेसिनरी आभावका कारण समयमै सम्पन्न गर्न नसक्ने सकस व्यहोर्नेछन् । यसले सार्वजनिक पुँजीगत खर्चमा सोझै असर पार्नेछ । परिणामस्वरूप सिमेन्ट र डन्डी उद्योग उत्पादन कटौती गर्न बाध्य हुनेछन् । सरकारले पुँजीगत खर्च बाचा गरेझै बढाउने आशामा धेरै उद्योगले स्थापित क्षमतामा वृद्धि गरेका छन् ।
पुँजीगत खर्च सोचेभन्दा कम भयो भने ती उद्योग झन् समस्यामा पर्नेछन् । उदाहरणका लागि सिमेन्ट उद्योगको क्षमता उपयोग चालीस प्रतिशतमा ब्यपार नेपाल आफैमा साघुरो निर्यात ओगटेको देश मा पर्छ ब्यपार ब्यबसाय हरु ठप्प रहेकोमा देश मा उत्पादित गलैंचाचिया,अलैंची ,दाल ,कार्पेट भातगाउले टोपी आदि लगायत का उपभोग्री सामाग्री को निर्यात हुन सकेको छैन जस्ले गर्दा वैदेशिक मुद्दा भित्र्याउन सकिरहेको छैन यस्को प्रत्यक्ष असर किसान मजदुरलाई परेको छl
त्यो संगै नेपाली को लागि अति आबस्यक प्रमुख बस्तुहरु चामल ,तेल ,पेट्रोल ,फलाम ,नुन आदिआयत गर्न नसक्ने परिस्थितिमा भोकमरी सिर्जना हुने संकेत देखिन्छ।चौथो :रेमिटेन्स नेपाल को अर्थतन्त्र रेमिटेन्स मा निर्भर रहेको छ।वैदेशिक मुद्दा आर्जन देखि सामान्य घरपरिवार को खर्च गर्ने आधार नै रेमिटेन्स हो कोरोना का कारण बिदेश मा रोजगारी को लागि गयका हरु पनि बेरोजगार बन्न पुगेका छन भने सरकार ले फाल्गुन 29 गते देखि सबै मेनपावर कम्पनी हरु लाई श्रम स्विकिर्त नदिने घोसणा गरे संगै पर्तेक बर्स स्रम बजार मा आउने 5 लाख भन्दा बडि युबा बेरोजगार बस्नुपर्ने स्थिति आउन सक्ने संकेत देखियको छ ,,मुलुकको अर्थतन्त्र धान्ने टेको को रुपमा रहेको रेमिटेन्स खलबल हुदा देश ले कुल रेमिटेन्स को 79 % उपभोग मा खर्च गर्दा अब बजार हरु पनि ठप्प हुने छन । बेरोजगारी को भयावह स्थिति आउन सक्ने सम्भावना देखिन्छ ।
अर्कोतिर रेमिटेन्स घटेमाबित्तिय क्षेत्र चलायमान बनाउने श्रोत सुक्न सक्नेछ।कुल रेमिटेन्स को 18% ओगटेको कतार , मलेसिया साउदी अरब , जस्ता मुलुकहरू बाट रेमिटेन्स नभितृदा यस्को असर रोजगार मा मात्रै हैन नेपालिको भान्छा मा पर्ने देखिन्छ ,।चौथो :रेमिटेन्स नेपाल को अर्थतन्त्र रेमिटेन्स मा निर्भर रहेको छ।वैदेशिक मुद्दा आर्जन देखि सामान्य घरपरिवार को खर्च गर्ने आधार नै रेमिटेन्स हो कोरोना का कारण बिदेश मा रोजगारी को लागि गयका हरु पनि बेरोजगार बन्न पुगेका छन भने सरकार ले फाल्गुन 29 गते देखि सबै मेनपावर कम्पनी हरु लाई श्रम स्विकिर्त नदिने घोसणा गरे संगै पर्तेक बर्स स्रम बजार मा आउने 5 लाख भन्दा बडि युबा बेरोजगार बस्नुपर्ने स्थिति आउन सक्ने संकेत देखियको छ ,,मुलुकको अर्थतन्त्र धान्ने टेको को रुपमा रहेको रेमिटेन्स खलबल हुदा देश ले कुल रेमिटेन्स को 79 % उपभोग मा खर्च गर्दा अब बजार हरु पनि ठप्प हुने छन ।
बेरोजगारी को भयावह स्थिति आउन सक्ने सम्भावना देखिन्छ ।अर्कोतिर रेमिटेन्स घटेमाबित्तिय क्षेत्र चलायमान बनाउने श्रोत सुक्न सक्नेछ।कुल रेमिटेन्स को 18% ओगटेको कतार , मलेसिया साउदी अरब , जस्ता मुलुकहरू बाट रेमिटेन्स नभितृदा यस्को असर रोजगार मा मात्रै हैन नेपालिको भान्छा मा पर्ने देखिन्छ ,।
कोरोना ले आज आर्थिक गिरावट ,,बेरोजगारी ,गरिबी का साथै विश्व मानव जगत को स्वास्थ मा गम्भीर समस्या गर्ने देखिन्छ । साथै नेपाली को क्रय शक्ति मा कमि हुदा दैनिक उपभोग गर्ने अति आबस्यक सामग्री किन्न नसक्दा रोग मात्रै हैन भोकमरी सिर्जना हुने संकेत पनि देखिन्छ ।
समग्रमा नेपाल को अर्थतन्त्र अघिल्लो बर्स 6% ले उकालो लागेको र यो बर्स 8.5 % बिर्धी गर्ने पुर्ब अनुमान अर्थमन्त्री ले गरे पनि 4% भन्दा तल झर्ने र ओरालो लाग्ने पुर्ब अनुमान अर्थ शास्त्रीले गर्न थालेका छन ।
लेखक समीर थापा त्रिभुवन बिश्वबिद्धालय अर्थशास्त्र बिभाग बिध्र्यार्थी एबम नेबिसंघ त्रिवि समिति उपसभापति हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार