होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भारतमा अवस्था सामान्य नभएसम्म नेपालमा ‘लकडाउन’ खोलिँदैनः प्रधानमन्त्री
देश/प्रदेश

भारतमा अवस्था सामान्य नभएसम्म नेपालमा ‘लकडाउन’ खोलिँदैनः प्रधानमन्त्री

  • नागरिक रैबार
भारतमा अवस्था सामान्य नभएसम्म नेपालमा ‘लकडाउन’ खोलिँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा अवस्था सामान्य नभएसम्म नेपालमा ‘लकडाउन’ नखोलिने बताएका छन् । जारी लकडाउन भारतमा कोरोनाको असर कतिसम्म रहन्छ भन्नेले निर्धारण गर्ने उनले बताएका छन् ।

उनले सोमबार पत्रकारहरुसँग कोरोनाको बारेमा कुराकानी गर्दै कोरोना भाइरस भारतमा बढ्दै गएकोले नेपालमा पनि तत्काल लकडाउन खोल्न नमिल्ने बताएका छन् । जारी लकडाउन अझै थप्न सकिने उनको भनाइ छ ।

‘छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दै गएको छ, भारतमा बढ्नु भनेको नेपाललाई पनि असर हुनु हो, त्यहाँ संक्रमण रहँदा सम्म लकडाउन नै रहन्छ,’ उनले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार