होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३१ भदौ, सप्तरी । जबरजस्ती करणी सम्बन्धी कसूरकी पीडितले सप्तरीमा आत्महत्या गरेकी छन् । गाउँमै बसेर पञ्चहरुले घटना मिलाउन दबाब दिएर प्रहरी भेट्न नदिएपछि डाकनेशवरी नगरपालिका–७ की १७ वर्षीया किशोरीले मंगलबार आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाका अनुसार प्रहरीले किशोरीको मृत्यु भएपछि मात्र घटनाबारे जानकारी पाएको थियो । लगत्तै घटनाबारे अनुसन्धान […]
काठमाडौं । सरकारले रु १ र रु २ का सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । यस्तै एसियाली विकास बैंकले नेपालको विद्युत प्रणाली सुधारका लागि १८ अर्ब सहुलियत दरको ऋणका लागि वार्ता टोली गठन गरेको छ । यस्तै भोली हुने सार्कस्तरीय अर्थमन्त्रीको […]
३० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो । कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले अनलाइनबरलाई बतायो । कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक […]
काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । नेपाल प्रहरीको परीक्षा प्रक्रियामा गइसकेकाहरुको भर्ना र नयाँ भर्ना खोल्न बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले गत चैत अगाडि लिखितको नतिजा निस्किएका जवानहरुको […]
काठमाडौँ — सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाई सम्बन्धि विशेष व्यवस्था गर्दै पीडितहरुको आजीवन उपचार खर्च आफैं व्यहोर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीडितको निःशुल्क उपचार र स्वास्थ्य क्षतिसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । बैठकले एसिड आक्रमणमा परेका पीडितहरुको तत्काल सम्भव […]
३० भदौ, काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारले विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।
३० भदौ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) लाई हल्का ढंगले नलिन सबैलाई अपील गरेको छ । असोज १ बाट लामो दुरीको यातायात, आन्तरिक हवाई उडान र होटल तथा रेष्टुरेन्ट खोल्ने निर्णय गरेको सरकारले कोभिडविरुद्धको लडाईमा म पनि अग्रपंक्तिको सिपाही हुँ भन्ने ठान्न प्रत्येक नागरिकलाई आग्रह गरेको छ । पछिल्लो मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न […]
३० भदौ, काठमाडौं । सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।
३० भदौ, काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । साथै संक्रमणको जोखिम […]
३० भदौ, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने बताएका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा र लकडाउनले पढाई प्रभावित भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल भइरहेका बेला केन्द्रको यस्तो धारणा सार्वजनिक भएको हो । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित […]
३० भदौ, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलद्वारा मंगलबार सार्वजनिक ‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको छ । पुस्तक लेखक मध्येका एक कोमलचन्द्र बरालका अनुसार पुस्तकमा […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । […]
३० भदौ, काठमाडौं । कर्मचारीले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ गरेका छन् । आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई मंगलबार एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन-जानु समान्य प्रक्रिया भएको बताए । कर्मचारीले प्राधिकरणमा रातको १०/१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले […]
३० भदौ, काठमाडौं । भारतले नेपाललाई २००० भाइल रेमडेसिभिर सहयोग प्रदान गरेको छ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मगलबार रेमडेसिभिर औषधि हस्तान्तरण गरेका हुन् । कोभिड-९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई सहयोग गर्ने क्रममा यो औषधि हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ । […]
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्ततः आफूहरु पार्टीभित्रको तिक्ततापूर्ण अन्तरविरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रित गर्न सफल भइएको बताएका छन् ।पार्टीभित्रको विवाद हाललाई मत्थर भएपछि अध्यक्षद्वयले जारी गरेको अन्तरपार्टी निर्देशन–५ (सर्कुलर) मा ओली र प्रचण्डले भनेका छन्, ‘१० असार २०७७ बाट सुरु भएको नेपाल कम्युनिष्ट […]
नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो । भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बतासेको बदला लिनेगरी बृहत् कार्यक्रम गर्यो । खार्मीमा […]
३० भदौ, डोटी । स्थानीय तहहरुले असार १० गतेभित्र स्थानीय सभामा नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रम पेश गरिसक्नु पर्ने कानुनी व्यवस्था भएपनि सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहहरुले अहिलेसम्म पनि बजेट तथा कार्यक्रम ल्याएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ (१) र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ […]
अनिल शाही/बाजुरा २९ भदौ । बाजुरा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं.क माईलाका प्रशासन कार्यालय स्थापना गर्न सर्वपक्षिय सहमति भएको छ । साेमबार पिलुचौरको सन्देशहोटेलको तालिमहलमा सम्पन्नभएको सर्वपक्षिय बैठकले चार वटै स्थानिय तहलाइ पाएक पर्नेठाउँमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नेकालागि गृहमन्त्रालय लाई अनुरोध गर्नेनिर्णय पारित गरिएकोे हो । जगन्नाथ गाउँपालिकाको आयोजनामा संचालन भएकोवैठकमा बाजुरा जिल्ला प्रदेश […]
२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा ३९९ महिला र ७७१ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये ३६० जनाको मृत्यु भएको छ भने ३९ हजार […]
दार्चला । जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन खेती शुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन खेती शुरु गरेका हुन् । कृषि क्याम्पस रामपुरबाट स्नातकोत्तर गरे महेन्द्रसिह धामीको नेतृत्वमा सूचना प्रविधि इन्जिनीयर भक्तसिंह ठगुन्ना र सिभिल इन्जिनीयर कैलाश धामीलगायतको टोलीले ड्रागन […]