होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एसियाली राजमार्गसँग जोडियो नेपाल
देश/प्रदेश

एसियाली राजमार्गसँग जोडियो नेपाल

  • नागरिक रैबार
एसियाली राजमार्गसँग जोडियो नेपाल

एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडिएका छन् । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो ।

नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा निर्माण भएको सो पुलको लम्बाइ ७९० मिटर रहेको छ । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मेची नदीमा पुल निर्माण भई सञ्चालनमा आएसँगै अब नेपालको पहुँच ए क्लासको ‘एसियन हाइवे’ सँग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेची नदीमा यसअघि दुई लेनको मात्र पुल थियो, अहिले चार लेनको पुल निर्माण भएसँगै नेपाल सीमापारि निर्माण गरिएको ए क्लासको ‘एसियन हाइवे’ सँग जोडिएकोे छ ।” यसअघि सीमापारि पनि ए क्लासको ‘एसियन हाइवे’ निर्माण गरिएको थिएन ।

विज्ञापन

नेपालको पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्दछन् । पूर्व–पश्चिम राजमार्ग ‘एसियन हाइवे’ को रुट–२ र अरनिको राजमार्ग रुट–४२ अन्तर्गत पर्दछन् । नेपालको पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम सुरु भइसकेको बताउँदै उहाँले भन्नुभयो, “उक्त राजमार्गको नारायणगढ–बुटवल खण्डमा बिस्तार कार्य सुरु भइसकेको छ भने नारायणगढ–हेटौँडा–पथलैया–कमला हुँदै काँकडभिट्टासम्म परापर्शदाता नियुक्त हुने प्रक्रियामा रहेको छ ।” याे खबर गाेरखापत्र दैनिकमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार