होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बलात्कारीलाई फासीको सजाय दिन सांसद विश्वकर्माको माग
देश/प्रदेश

बलात्कारीलाई फासीको सजाय दिन सांसद विश्वकर्माको माग

  • नागरिक रैबार
बलात्कारीलाई फासीको सजाय दिन सांसद विश्वकर्माको माग

काठमाडौ । प्रतिनिधिसभाकी नेकपा सांसद आशाकुमारी विश्वकर्माले बलात्कारीलाई फासीको सजाय दिनुपर्ने माग गरेकी छिन् ।गृहमन्त्री रामबहादुर थापासँग साेमबार सिंहदरवारमा भएको भेटमा सांसद् विश्वकर्माले गृहमन्त्रीसँग यस्तो माग राखेको बताइन् । उनले पछिल्लो समयमा बलात्कारपछि हत्या गर्ने क्रम बढेकाले कडा कानुनको खाँचो रहेकोमा जोड दिएकी थिइन् ।

‘सामान्य सजायले पुग्दैन, अब बलात्कारीलाई फासीको सजाय दिनुपर्छ अनिमात्र यस्ता घटनामा रोकथाम हुन सक्छ’ उनले भनिन् ‘ एकपछि अर्को घटना बढ्दै गएका छन्, पीडकहरु विभिन्न कारणले उम्किँदैछन् त्यसैले पनि कडा कानुनी व्यवस्था हुनैपर्छ ।’ बझाङका सांसद् र पूर्व सांसदको टोलीसँग गृहमन्त्री थापाले यस विषयमा महान्यायाधिवक्तासँग छलफल गर्ने जानकारी दिएको उनले बताइन् ।

‘फासीको नै सजाय दिन मिल्छ कि मिल्दैन अहिले नै भन्न नसकिने तर छलफल चलाउने र दोषीलाई कडा कारवाही गर्ने आश्वासन गृहमन्त्रीले दिनुभयो ’ उनले भनिन् ‘ विशेष गरी बालबालिका बलात्कारपछि हत्या हुने क्रम बढेको छ, यो चानचुने विषय नभएकाले सरकारलाई पटकपटक घच्घच्याउनुपरेको छ ।’ केही दिनअघि बझाङको मष्टा गाउँपालिका २ मा १२ वर्षिया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाबारे जानकारी गराउन र सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दैै एक टोली आज गृहमन्त्रीकामा पुगेको थियो ।

विज्ञापन

सम्झनाको बलात्कारपछि हत्या भएको थियो । उनको शरीरमा नीलडाम देखिएको भन्दै सांसद् विश्वकर्माले घटनाबारे गम्भीर छानविन गर्न र दोषीलाई कारवाही गर्न समेत माग गरेकी छिन् । सांसद् विश्वकर्माले प्रधानमन्त्रीलाई पनि भेट्ने तयारी भइरहेको जनाएकी छिन् ।

बझाङबाट नै प्रतिनिधित्व गरेकी उनले एक विज्ञप्ती प्रकाशित गरी तीन तहका सरकारले बालिकाको रक्षा गर्न पहल गर्नुपर्नेमा जोड दिएकी छिन् । बलात्कारपछि हत्या गर्नेको प्रहरीले पहिचान गरिसकेको छ । घरदेखि केही माथि सीम मन्दिरमा उनको शव फेला परेको थियो । हत्याराले यसअघि पनि अर्की बालिकालाई वलात्कार गरेको उजुरी प्रहरीकहाँ दर्ता भएको छ । हत्यारा १४ देखि १६ वर्षसम्मका रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा यस प्रकारका घटना बढ्दै गएपछि सडक प्रदर्शन समेत हुन थालेको छ । सरकारलाई गम्भीर बन्न र पीडकलाई कारवाही गर्न भन्दै चर्को दबाब परेपनि सरकार भने जिम्मेवार बन्न सकिरहेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार