होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री वितरण
समाचार

घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री वितरण

  • नागरिक रैबार
घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री वितरण

पोखरा- पोखरा महानगरपालिका–१७ पार्दीस्थित ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्सङ्ग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिकालाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामग्री वितरण गरेको छ ।

साँझ बिहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसपमा कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० बालबालिकालाई मङ्गलबार आयोजित एक समारोहमा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।

लायन्स क्लवका डिष्ट्रिक्ट गभर्नर मानबहादुर रोकाहाले श्रमिक बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्सले विशेषगरी पछिल्लो समय बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।क्लबका अध्यक्ष नीरज पन्तका अनुसार सत्सङ्ग भवनका लागि आवश्यक कार्पेट, शैक्षिक सामग्री र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरेको हो ।

विज्ञापन

ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्सङ्गका अध्यक्ष टोपराज ढुङ्गानाले घर, होटल, रेष्टुरेन्ट तथा वर्कसपहरुमा श्रम गर्ने श्रमिक बालबालिकाको शिक्षादीक्षा एवं ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएको बताए ।

सो संस्थामा हाल ३० जना श्रमिक बालबालिका अध्ययनरत रहेका छन् भने २५ भन्दा भढी ज्येष्ठ नागरिकले दिवा सेवा लिइरहेको बताउँदै उनले संस्थाको सक्रियतामा सार्वजनिक जग्गामा रु तीन लाखको लागतमा ट्रष्ट भवन निर्माण गरिएको जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत श्रमिक तथा जोखिममा रहेका बालबालिकालाई पठनपाठन गराउने लक्ष्यका साथ शुरु गरिएको सो संस्थाले अक्षर चिनाउने र पायक पर्ने सरकारी विद्यालयमा भर्ना गरी उनीहरुको पढाइलाई निरन्तरता दिंदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार