होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • आरोपीको बयान- पहिले बलात्कार गरें, अनि ढुंगा र त्रिशूलले हिर्काएर मारें
अपराध

आरोपीको बयान- पहिले बलात्कार गरें, अनि ढुंगा र त्रिशूलले हिर्काएर मारें

  • नागरिक रैबार
आरोपीको बयान- पहिले बलात्कार गरें, अनि ढुंगा र त्रिशूलले हिर्काएर मारें

 बझाङको मस्टा २, खिकाला गाउँस्थित मन्दिरभित्र मृत भेटिएकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोराले प्रहरीसँगको साबितीमा आरोप स्वीकार गरेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार उनले आरोप स्वीकार गरेका हुन् । राजेन्द्रले आफूले सम्झनालाई मन पराउने गरेकोसमेत बताएका छन् । सम्झनाका आमाबुबा भारतमा थिए । राजेन्द्रको बयान उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने, “म सम्झनालाई मन पराउँथें । उनले आमाबुबासँग बस्‍न आफू दुई वर्षका लागि भारत जान्छु भनेपछि मलाई त्यो कुरा मन परेको थिएन । त्यो साँझ मैले उनलाई सुरुमा बलात्कार गरें । त्यसपछि ढुंगाले हिर्काएँ । उनी बेहोस् भएपछि मन्दिरको त्रिशूलले हिर्काएर मारें ।”

गोठमा साँझ गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झना स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्‍न रहेको अवस्थामा मृत फेला परेकी थिइन् । सम्झना घर नआएपछि उनको खोजी गर्दा मन्दिरभित्र राति १० बजे मृत फेला परेकी थिइन् ।

विज्ञापन

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले भने, “पक्राउ परेका अभियुक्तले आरोप स्वीकार गरिसकेका छन् । उनीविरुद्ध प्रमाण पनि फेला परिसकेका छन् । हामीले कानुनी प्रक्रिया अगाडि बढाइसकेका छौं ।” प्रहरी अनुसन्धानका क्रममा बोहोराले सम्झनालाई मन पराउने गरेको पाइए पनि  पटक-पटक सम्झनामाथि आक्रमणको प्रयास गरेको खुलेको छ ।

प्रहरीका अनुसार बोहोरा अरु अपराधिक घटनामा पनि जोडिएको पाइएको छ । बोहोराले महिला र बालिकाहरूले लगाएका गहना खोस्‍ने, घर पसलमा चोरी गर्ने गरेको समेत पाइएको छ । कतिपय अवस्थामा उनी अपराध गरेर केही समय भारतमा गएर बस्‍ने गरेको पनि खुलेको छ ।

अनुसन्धानका क्रममै बोहोराले साउन अन्तिम साता गाउँकै एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको थियो । बलात्कारपछि पाँच सय रुपैयाँ राखेर खुट्टामा ढोग्‍न लगाइएको र बलात्कृत बालिकाको गर्भ रहे त्यसलाई आफूले स्वीकार्ने भन्दै मिलापत्र भएको पाइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार साउन अन्तिम सातामा भएको घटनाबारे पीडित आफैंले उजुरी दिइसकेका छन् । यो घटनामा मिलापत्र गराउनेमा कार्यमा संग्लन भएकाहरुलाई पनि कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय छ ।

पीडित बालिकाले पानीघट्टमा अन्‍न पिस्‍न गएका बेला आफूमाथि राजेन्द्रले बलात्कार गरेको बताएकी छिन् । पाँच कक्षामा पढ्ने ती बालिकाले तीन दिनपछि मात्रै घटनाबारे घरमा जानकारी गराएकी थिइन् । त्यसपछि पञ्चायती बसेर गाउँघरकै विषय भन्दै पाँच सय रुपैयाँमा घटना गाउँमै गुपचुप पारिएको थियो । बाह्रखरी बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार