होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोनाबाट थप दुइ जनाको मृत्यु
समाचार

कोरोनाबाट थप दुइ जनाको मृत्यु

  • नागरिक रैबार
कोरोनाबाट थप दुइ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सुनसरीको इटहरी–६ का ५६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८० वर्षीय पुरुषको मृत्यु भएको हो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित इटहरीका ५६ वर्षीय पुरुषको गएराति पौने १० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

उनी बिराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर प्रतिष्ठानमा पुगेका थिए। उनमा असोज १४ गते नै बिराट मेडिकल कलेजमा कोरोना संक्रमण देखिएको थियो। उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण थियो ।
तर ती बिरामीमा पहिलेदेखि अन्य दीर्घ रोग नभएको पाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

विज्ञापन

यस्तै  बुटवल उपमहानगरपालिका ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो। असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए।

उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार