होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पहिरो प्रकोपको जिम्मेवार : डोजरले खनेका सडक
देश/प्रदेश

पहिरो प्रकोपको जिम्मेवार : डोजरले खनेका सडक

  • नागरिक रैबार
पहिरो प्रकोपको जिम्मेवार : डोजरले खनेका सडक

काठमाडौं, १२ असोज । पछिल्लो समय डोजरले सडक खनेका पहाडी क्षेत्रहरूमा पहिरोको प्रकोप बढी देखिएको पूर्वाधारविद्हरुले बताएका छन् । प्राकृतिक रुपमा हुने घटनालाई अहिले मानविय क्रियाकलापले थप सघाउ पु¥याएको विज्ञहरूले बताएका हुन् । जसका कारण नेपालमा वर्षेनी बाढी पहिरो जस्ता प्रकोपका घटना हुने गरेको उनीहरूको दावी छ ।

अवैज्ञानिक विकास नीतिका कारण हरेक वर्ष बाढी पहिरो र डुवानका कारण क्षति हुने मुलुकमा धनजनको क्षति हुने गरेको छ । गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रबिसे खण्ड र लिदी लगायत क्षेत्रमा भएको पहिरो प्रकोपमा वस्ति माथिबाट लेदो सहितको बाढी र पहिरोले बस्ती तहसनहस पारेको थियो । घटनास्थल भन्दा माथिल्लो भागमा डोजरले बाटो खनेकै कारण पहिरो गएको विपदविज्ञ सुवोध ढकालको भनाई छ । ढकालका अनुसार डोजरे विकासका कारण धेरै ठाउँहरुमा पहिरो गएर क्षति पुगेको छ ।

गृह मन्त्रालयको तथ्याङक अनुसार गत वर्ष बाढी र पहिरोका कारण १ सय ५६ जनाले ज्यान गुमाएका छन् भने ३८ जना बेपत्ता भएका छन । त्यस्तै सय भन्दा बढी घाईते भएका छन । यस वर्ष मनशुन सुरु भएसँगै जेठ ३० भन्दा यता ५१ जिल्लामा बाढी पहिरोले क्षति पु¥याएको छ । बाढी र पहिरोमा परी हाल सम्म ३ सय ४९को निधन भएको छ भने १ सय ४ जना बेपत्ता छन । त्यस्तै १ सय ७३ जना घाईते भएका छन् ।

विज्ञापन

अहिले प्राकृतिक विपत्तिको घटना बढ्नुमा मानवीय क्रियाकलाप पनि एक प्रमुख कारण रहेको पूर्वाधारविद् किशोर थापा बताउँछन् । थापाका अनुसार डोजरबाट हुने सडक विकासले प्रकोपलाई बढाउने काम गरेको छ । अहिले धेरैजस्तो प्रकोपको घटना सडक निर्माणसँग जोडिएको छ । माथिल्लो भागमा सडक छ । सडक बनाउँदा फ्याँकेको माटो बगेर आउँदा पनि धेरै प्रकोप बढ्ने गरेको छ । गाउँघरमा डोजर इन्जिजिनयरले विकासका नाममा जथाभावी पहाड खनेर सडक बनाउनाले त्यसको असर मानव वस्तिमा पर्न गउको हो । त्यस्तै भिरालो जमिनमा आफूखुसी प्लटिङ गर्ने प्रवृत्तिका कारण पनि प्रकोपलाई सहयोग पुग्ने गरेको छ ।

जग्गा दलालले खोला कब्जा गर्दा समेत बाढी बस्तीमा पसेर समेत मानव वस्ति समस्यामा पर्न थालेका छन् । भूमाफियाहरूले खोला किनार कब्जा गर्ने, जनप्रतिनिधिहरू आफै इन्जिनियरको भुमिकामा रहेर जथाभावी डोजर चलाउने प्रवृत्तीले पनि मानव वस्ति असुरक्षित बन्दै गउका छन् । स्थानीय तहका जनप्रतिनिधिलाई भौगोलिक अध्ययन नगरेसम्म डोजर चलाउन नदिने हो भने प्राकृतिक प्रकोप केहि हदसम्म न्युनिकरण गर्न सकिने पूर्वाधारविद्हरूको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार