होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१६ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा हुने भएको छ । असोज १५ गते बसेको जनमोर्चाको केन्द्रीय समितिको अनलाइन बैठकले हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गर्ने निर्णय गरेको महासचिव जनकराज शर्माले जानकारी दिए । बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरुको मस्यौदा तयार गर्न अध्यक्ष […]
काठमाडौँ । भारतले नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई बस तथा एम्बुलेन्स उपहार दिएको छ । महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतीय राजदूतावासले सो बस तथा एम्बुलेन्स प्रदान गरेको दूतावासद्धरा जारी विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स […]
१६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् । विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’ साथै उनले आफ्नो स्वास्थ्य हेरेर […]
धनगढी– धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि भोली परीक्षण उडान हुने भएको छ। समिट एयरले भोली धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गर्ने भएको हो। धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिए। अहिले धनगढी–बाजुरा […]
१६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो । शनिबार अपराहृन ४ बजे बैठक बस्ने भने पनि औपचारिक जानकारी आइनसकेको एक नेताले बताए । सचिवालय […]
धनगढी– चार महिनाको अवधिमा कैलालीका १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। जेठ २४ गते कोरोना भाईरसले सुदूरपश्चिममा दोस्रो र कैलालीमा पहिलो मृत्यु भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो। उनमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस वार्डमा मृत्यु भएको थियो […]
१६ असोज, काठमाडौं । बिहीबार सरकारले केही महत्वपूर्ण राजनीतिक नियुक्ति ग¥यो । सरकारले प्रशासन क्षेत्रको उच्च पद मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त ग¥यो । साथै पूर्वअर्थमन्त्री र दुई सातायता प्रधामन्त्रीको आर्थिक सल्लाहकारको भूमिकामा रहेका डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको छ भने मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा । नियुक्तिबारे […]
राँगाको मासु खाँदा कन्चनपूरमा १४ जना बिरामी परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १३ का १४ जना बिरामी परेका हुन्। वडा नम्वर १२ का ५५ बर्षीय बंगला चदाराले १४ गते साँझ राँगाको मासु बिक्री गरेका थिए भने सोही मासु खाएर १४ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बताए। […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन् ।अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालभित्रै सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका हुन् । ‘तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पुर्याइएको छ,’ प्रम […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।ट्रम्पले ट्विट गर्दै आफूहरूलाई कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो। नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने एकिन छैन। ट्रम्पलाई कोरोना […]
जुम्ला- जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ ।२४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो । चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । ‘बिहीबार ३ […]
मोबाइल चार्जमा राखेर रोल्पामा मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सुनिल स्मृति गाउँपालका वडा नं. १ घोडागाउँ निवासी ४३ वर्षीय भरत नेपालीको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्का अनुसार नेपालीले बिहीबार बिहान ११ बजेतिर मोबाइल चार्जमा राखेर भिडिओ […]
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट भेरी अस्पतालमा कार्यरत डाक्टरको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका डा.हरि सापकोटाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । भेरी अस्पतालमा कार्यरत डाक्टर सापकोटा कोरोना संक्रमितको उपचारमा खटिनेक्रममा कोरोना संक्रमित भएका थिए । उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनी कोरोनाबाट […]
बझाङको मस्टा २, खिकाला गाउँस्थित मन्दिरभित्र मृत भेटिएकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोराले प्रहरीसँगको साबितीमा आरोप स्वीकार गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार उनले आरोप स्वीकार गरेका हुन् । राजेन्द्रले आफूले सम्झनालाई मन पराउने गरेकोसमेत बताएका छन् । सम्झनाका आमाबुबा भारतमा थिए […]
दाङ । कोरोना महामारीमा जुवातास खेल्ने जुवाडेहरु सक्रिय भएका छन् । चाडपर्व नजिकिएसँगै कोरोनाको बीचमा पनि जुवातास मौलाउँदै गएपछि प्रहरीले जुवाडेहरु धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीले दाङको तुलसीपुरका विभिन्न क्षेत्रबाट मात्रै चार महिनाको अवधिमा ३२ जना जुवाडेलाई पक्राउ गरेको छ । कानुनले प्रतिबन्ध गरेको जुवातास खेल्ने विभिन्न ठाउँबाट विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको […]
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको हो । निगमले विदेशी पाइलटलाई धेरै तलब सुविधा दिएको भनी विभिन्न सञ्चारमाध्यममा तथ्यहीन र आधारहीन समाचार आएकोप्रति गम्भीर ध्यानाकर्षण […]
कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सुनसरीको इटहरी–६ का ५६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८० वर्षीय पुरुषको मृत्यु भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित इटहरीका ५६ वर्षीय पुरुषको गएराति पौने १० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनी बिराट मेडिकल कलेज बिराटनगरबाट […]
२५ किलो चरेससहित बझाङबाट दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वित्थडचिर गाउँपालिका २ लिम भन्ने स्थानमा लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले २५ किलो चरेससहित बुङ्गल नगरपालिका २ का २५ वर्षीय धनबहादुर धामी र सोही वडाका २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो। सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले […]
काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ । यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत बिलम्ब शुल्क तिर्नुपर्ने […]