होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोना महामारीमा जुवाडेहरु सक्रिय, प्रहरीले धमाधम पक्राउ गर्दै
देश/प्रदेश

कोरोना महामारीमा जुवाडेहरु सक्रिय, प्रहरीले धमाधम पक्राउ गर्दै

  • नागरिक रैबार
कोरोना महामारीमा जुवाडेहरु सक्रिय, प्रहरीले धमाधम पक्राउ गर्दै

दाङ । कोरोना महामारीमा जुवातास खेल्ने जुवाडेहरु सक्रिय भएका छन् । चाडपर्व नजिकिएसँगै कोरोनाको बीचमा पनि जुवातास मौलाउँदै गएपछि प्रहरीले जुवाडेहरु धमाधम पक्राउ गर्न थालेको छ ।

प्रहरीले दाङको तुलसीपुरका विभिन्न क्षेत्रबाट मात्रै चार महिनाको अवधिमा ३२ जना जुवाडेलाई पक्राउ गरेको छ । कानुनले प्रतिबन्ध गरेको जुवातास खेल्ने विभिन्न ठाउँबाट विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार जेठ २१ गतेदेखि असोज ११ गतेसम्म विभिन्न ठाउँबाट ३२ जना जुवाडेलाई नगदसहित पक्राउ गरिएको छ ।

करिब चार महिनाको अवधिमा ३२ जना जुवाडेबाट चार लाख बढी रकम बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रमुख डीएसपी शिबबहादुर सिंहले जानकारी दिए । डीएसपी सिंहका अनुसार जेठ २१ गते ११ जनालाई २ लाख २५ हजार ४९५ सहित पक्राउ गरिएको हो । त्यसैगरी असार ४ गते ८४ हजार ४५ रुपैयाँ नगदसहित ४ जना पक्राउ परेको उनले बताए ।

विज्ञापन

त्यस्तै असोज ४ गते २० हजार ५५ रुपैयाँसहित ४ जना र असोज ११ गते ९८ हजार ९ सय ५० सहित १३ जना पक्राउ परेको डीएसपी सिंहले जानकारी दिए । पक्राउ परेका जुवा ऐन अन्तर्गत अदालमा मुद्दा दर्ता गरेपछि धरौटीमा छुटेका छन् ।

जुवातास नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन हुने र पछिल्लो समय टोल सुरक्षा समितिबाट जानकारी भएपछि पक्राउ गर्ने गरेको प्रमुख सिंहले बताए । पछिल्लो समय खोला किनारामा समेत जुवातास खेल्दै गरेको केहि व्यक्तिहरु पक्राउ परेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै