होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • धनगढीबाट सुदूर पहाडका तीन जिल्लामा भोली परीक्षण उडान हुने
देश/प्रदेश

धनगढीबाट सुदूर पहाडका तीन जिल्लामा भोली परीक्षण उडान हुने

  • नागरिक रैबार
धनगढीबाट सुदूर पहाडका तीन जिल्लामा भोली परीक्षण उडान हुने

धनगढी– धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि भोली परीक्षण उडान हुने भएको छ। समिट एयरले भोली धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गर्ने भएको हो।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिए।

अहिले धनगढी–बाजुरा चार्टड उडान भईरहेको बताउँदै भने, ‘बैतडी, डोटी र बझाङ जिल्लामा पनि विमानस्थलको निर्माण सकिएको छ। तीन पहाडी जिल्लामा परीक्षण उडान हुनेछ। त्यसपछि नियमित उडानका लागि तयारी थालिनेछ।’

विज्ञापन

उनले परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने बताए। धनगढी विमानस्थलका प्रमुख बुढथापा अहिले डोटी पुगेका छन्। तीन जिल्लामा परीक्षण उडान हुने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पनि आउने सम्भावना रहेको समचार स्रोतले बतायो।

बर्षाैदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी थालिएपछि प्रदेशमा उत्साह बढेको हो। अहिले सुदूरपश्चिमका पहाडी जिल्ला गुणस्तरिय स्वास्थ्य सेवा नहुँदा धेरैले अकालैमै ज्यान गुमाउनुपर्ने अवस्था छ।

सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ। बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ।  दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार