होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामविरूद्ध पुनरागमन जित निकालेको छ ।आइतबार राति भएको खेलमा युनाइटेडले वेस्ट ह्याममाथि २-१ गोलको जित निकालेको हो । वेस्ट ह्यामको मैदानमा युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले एक एक गोल गरे । वेस्ट ह्यामका साइद बेन्राह्माले एक गोल फर्काए ।खेलको ३०औँ […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस सिरिजमा नेपालको यो अन्तिम खेल हो । यसअघि तीन खेल खेलिसकेको नेपालले एक खेल जित्दा २ खेलमा हार बेहोरेको थियो । पहिलो खेलमै अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमानसँग र अमेरिकासँग पराजित भयो । अमेरिकाविरुद्ध लगातार […]
२ असोज, काठमाडौं । एएफसी महिला एसियन कप छनोट फुटबल अन्तर्गत नेपालले अहिले फिलिपिन्ससंग खेलिरहेको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको समूह ए को पहिलो खेलमा नेपालले पहिलो हाफमा फिलिपिन्सविरुद्ध १-० को अग्रता लिएको छ । नेपालका लागि विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । यस समूहमा हङकङ पनि छ […]
काठमाडौं । क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ ।ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपाली टोलीमा खेलाडी परिर्वतन भएको छ । विक्रम शोवको स्थानमा गुल्सन झा आएका छन् । ओडीआईमा उनको यो डेब्यू खेल हुनेछ । त्रिकोणात्मक सिरिज अन्तरगत नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।
काठमाडौं । लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खेल जित्न सकेन ।यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को खेलमा पीएसजीले बेल्जियन क्लब ब्रुगसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको १५औं मिनेटमा एन्डर हेरेराले गोल गर्दे पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा […]
थोमस मुलर र रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले बायर्न म्युनिखले बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । समूह ई अन्तरगत दुई हेभिवेटबीचको खेलमा जर्मन क्लब ३–० ले विजयी भएको हो । खेलमा नियन्त्रण बनाएको बायर्नले खेलको ३४ औँ मिनेटमा मुलरको गोलको मद्दतले अग्रता लियो । बार्सिलोनाविरुद्ध उनको यो सातौँ गोल थियो । प्रतियोगितामा बार्सिलोनाविरुद्ध उनले […]
काठमाडौं । जब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणतर्फ आफ्नो ध्यान केन्द्रित गर्छ, तब उसले यस्तो प्रतिद्वन्द्वी पाउँछ, जोसँग एक वर्ष पहिले लज्जास्पद हार व्यहारेको थियो । कोरोना महामारीको कारण केही समय रोकिएर सुरु भएको च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा २०२० अगष्ट १४ मा बार्सिलोना बार्यन म्युनिखसँग ८–२ ले पराजित भएको थियो । यही टोलीले च्याम्पियन्स लिगको […]
करिम बेन्जेमाको ह्याट्रिकको मद्दतले दुईपटक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल म्याड्रिडले सेल्टाभियोमाथि शानदार जीत हासिल गरेको छ । आफ्नो घरेलु मैदानमा ५६० दिन पछि फर्किएको रियलले ५–२ को जीत हासिल गरेको हो । सान्टी मिनाले पाहुना टोलीलाई खेलको शुरुवातमा नै अग्रता दिलाए पनि बेन्जेमाले बराबरी गोल फर्काएका थिए । फेरि फ्रान्को कर्भीले सेल्टालाई अग्रता […]
एजेन्सी, २७ भदौ । भारतको बिजनौर शहरकी २४ वर्षीया राष्ट्रिय खो–खो खेलाडीको बलत्कारपछि क्रुरतापूर्वक हत्या भएको छ । हत्या गरी उनको शरीरलाई बिजनौर रेल्वे स्टेशनमा फालिएको अवस्थामा शुक्रबार भेटिएको थियो । परिवारले आफ्नो छारी बलात्कृत भएको प्रहरीमा उजुरी दिएका थिए । त्यसकै आधारमा खोजीका क्रममा शव रेल्वे स्टेशनमा पाइएको थियो । प्रहरीको भनाईलाई उदृत गर्दै […]
इम्मा राडुकानुले बेलायतलाई ४४ वर्षपछि महिलातर्फको ग्रान्ड स्लाम एकल उपाधि जिताएकी छिन् । उनले लेलाह फर्नान्डेजलाई हराएर युएस ओपनको उपाधि जितेकी हुन् । १९ वर्षीया क्यानेडेली प्रतिद्वन्द्वीविरुद्ध १८ वर्षकी इम्माले ६–४ र ६–२ को जित निकालिन् । राडुकानुले उपाधि जितेसँगै बेलायती समर्थकहरु खुसीले पागलजस्तै भएका थिए, यसक्रममा भर्जिनिया वाडे खुसीले भावूक भइन् । ४४ […]
अर्लिङ ब्राउट हालान्डको दुई गोलको मद्दतले तीनपटक गोलले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया डर्टमन्डले बायर लेभरक्युजनविरुद्ध ४–३ को रोमाञ्चक जीत हासिल गर्न सफल भएको छ । खेलको सुरुवातमा नै फ्लोरियन विर्टजले लेभरक्युजनलाई अग्रता दिलाए पनि हालान्डले ३७ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको इन्जुरी समयमा प्याट्रिक शिकको गोलको मद्दतले लेभरक्युजनले पुनः […]
क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन् । र, उनले आज प्रिमियर लिगमा डेब्यु गर्ने अपेक्षा गरिएको छ । म्यानचेस्टरले आज न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । कतिपयले रोनाल्डोको डेब्यु च्याम्पियन्स लिगमार्फत पनि हुनसक्ने अड्कल लगाएका छन् । तीन दिनपछि च्याम्पियन्स लिगमा म्यानचेस्टरले […]
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेडमा बिदा मनाउन नआएको बताएका छन् । शनिबार ओल्ड ट्राफोर्डमा पुनरागमन गर्ने क्रममा रहेका पोर्चुगलका कप्तान रोनाल्डोले यस्तो दाबी गरेका हुन् । प्रिमियर लिगमा युनाइटेडले शनिबार घरेलु मैदानमा न्युकासल युनाइटेडसँग खेल्दैछ । खेलको अघिल्लो दिन रोनाल्डोले आफू अझै चुनौतीका लागि तयार रहेको बताए । ‘म सक्षम छु, म अगाडि […]
काठमाडौं । अर्जेन्टाइन कप्तान लिओनल मेसीले ५० वर्षपछि ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन् ।अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी क्षेत्रको खेलाडीको कीर्तिमान मेसीले तोडेका हुन् । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिनाले बोलिभियालाई ३-० ले पराजित गर्दा ह्याट्रिक गर्दै मेसीले पेलेको कीर्तिमान तोडे । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका […]
काठमाडौं । एएफसी महिला एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । यस खेलबाट नेपालको महिला सिनियर टिमले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेब्यु गर्दैछ । मअिलाको उमेर समूह टीमले रंगशालामा खेलपनि सिनियर टिमले भने करिब ३५ वर्षको अन्तर्राष्ट्रिय इतिहासमा पहिलो पटक खेल्न लागेको हो । यस्तै पहिलो पटक महिला […]
रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डोले नाजारियोले लियोनेस मेस्सीलाई क्लबमा भित्र्याए पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई यो सिजन च्याम्पियन्स लिग जित्न कठिन हुने चेतावनी दिएका छन् । हाल स्पेनिस क्लब रियल भालाडोलिडको अध्यक्ष रहेका रोनाल्डोले रियल म्याड्रिडको उदाहरण दिँदै कागजमा सशक्त देखिँदैमा टोलीले सधैँ युरोपको सर्वोच्च उपाधि जित्न नसक्ने बताएका हुन् । ‘क्वार्टरफाइनल पछि तस्बिर […]
काठमाडौं । पोर्चुगलले विश्वकप छनोटमा अजरबैजानलाई ३-० ले सहजै पराजित गरेको छ । कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले विश्वकपको लागि युरोपियन छनोटमा जित हात पारेको हो । बाकु स्टेडियममा भएको खेलमा पोर्चुगलको जिताउन बर्नार्डो शिल्भाले २६औं, आन्द्रे शिल्भाले ३१औं र डिएगो जोटाले ७५औं मिनेटमा गोल गरे । जितपछि पोर्चुगल पाँच खेलबाट १३ अंक जोड्दै शीर्ष […]
काठमाडौं । ग्यारेथ बेलको ह्याट्रिक मद्दतमा वेल्स विश्वकप छनोट खेलमा बेलारुसलाई ३-२ ले पराजित गरेको छ ।विश्वकपको युरोपेली छनोटअन्तर्गत आइतबार भएको खेलमा बेलले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दे वेल्सलाई जित दिलाएका हुन् । कजानमा भएको खेलको छैटौं मिनेटमै बेलले पेनाल्टीमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा भिटाली लिसाकोभिचले बेलारुसको लागि बराबरी […]
इर्लिङ हाल्यान्ड र मोहमद इल्युनौसीले गोल गरेको खेलमा नर्वेले लात्भियालाई २–० ले हराएको छ ।विश्वकप छनौट खेलमा यससँगै नर्वेले महत्वपूर्ण तीन अंक बटुल्यो । यस सिवन हाल्यान्डको लय निकै राम्र‍ो छ । उनले क्लब र देशका लागि ८ गोल गरिसकेका छन् । बोरूसिया डर्टमुन्डका लागि उनले सुरूवाती ५ खेलमा ६ ग‍ोल र तीन एसिस्ट गरसकेका […]
काठमाडौँ: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन्। दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर अघि नेपाल र भारतबीच एक÷एक गोलको बराबरीमा खेल सकिएको छ। नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो। नेपाल पहिलो हाफमा १–० गोलले अगाडि […]