होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बेलको ह्याट्रिकमा वेल्स वियजी
खेलकुद

बेलको ह्याट्रिकमा वेल्स वियजी

  • नागरिक रैबार
बेलको ह्याट्रिकमा वेल्स वियजी

काठमाडौं । ग्यारेथ बेलको ह्याट्रिक मद्दतमा वेल्स विश्वकप छनोट खेलमा बेलारुसलाई ३-२ ले पराजित गरेको छ ।विश्वकपको युरोपेली छनोटअन्तर्गत आइतबार भएको खेलमा बेलले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दे वेल्सलाई जित दिलाएका हुन् ।

कजानमा भएको खेलको छैटौं मिनेटमै बेलले पेनाल्टीमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा भिटाली लिसाकोभिचले बेलारुसको लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि नै पाभेल सेडिकोले गोल गर्दै बेलारुसलाई २-१ को अग्रता दिलाए ।

पहिलो हाफमा अग्रता लिएर पनि वेल्स पछि परेको थियो । तर दोस्रो हाफमा बेल चम्किए । उनले दुई गोल थपे । ६९औं मिनेटमा बेलले पेनाल्टीमै दोस्रो गोल गर्दै खेल बराबरी गरे । निर्धारित ९० मिनेटमा खेल बराबरीमी थियो । तर इन्जुरी टाइममा बेलले गोल गर्दै ह्याट्रिक पूरा गरे भने वेल्सलाई जित दिलाए ।

विज्ञापन

छनोटको समूह ई मा वेल्सको यो दोस्रो जित हो । तीन खेलबाट ६ अंकसहित वेल्स तेस्रो स्थानमा छ भने चार खेल खेलेको बेलारुस तीन अंकसहित चौथो स्थानमा छ । बेल्सजियम ४ खेलबाट १० अंकसहित समूह ई को शीर्ष स्थानमा रहँदा चेक रिपब्लिक समान खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ । इस्टोनिया अंकविहीन हुँदै पुछारमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार