होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • म बिदा मनाउन आएको होइन, जित्न‍ आएको हुँ : रोनाल्डो
खेलकुद

म बिदा मनाउन आएको होइन, जित्न‍ आएको हुँ : रोनाल्डो

  • नागरिक रैबार
म बिदा मनाउन आएको होइन, जित्न‍ आएको हुँ : रोनाल्डो

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेडमा बिदा मनाउन नआएको बताएका छन् । शनिबार ओल्ड ट्राफोर्डमा पुनरागमन गर्ने क्रममा रहेका पोर्चुगलका कप्तान रोनाल्डोले यस्तो दाबी गरेका हुन् ।

प्रिमियर लिगमा युनाइटेडले शनिबार घरेलु मैदानमा न्युकासल युनाइटेडसँग खेल्दैछ । खेलको अघिल्लो दिन रोनाल्डोले आफू अझै चुनौतीका लागि तयार रहेको बताए ।

‘म सक्षम छु, म अगाडि बढ्न तयार छु।’ रोनाल्डोले क्लबको अफिसियल वेबसाइटसँग भनेका छन् ।युनाइटेडमा यसअघि ६ वर्ष बिताएका ३६ वर्षीय रोनाल्डोले २९२ खेलमा ११८ गोल गरिसकेका छन् ।

विज्ञापन

युनाइटेडले रोनाल्डोलाई इटालियन क्लब युभेन्ट्सबाट १२.८ मिलयन पाउण्डमा अनुबन्ध गरेको हो । यसलाई यो सिजनकै सबैभन्दा सनसनीपूर्ण ट्रान्सफर भनिएको छ । युनाइटेडको छिमेकी म्यानचेस्टर सिटी पनि रोनाल्डोलाई भित्र्याउन इच्छुक थियो ।

पोर्चुगिज स्टार रोनाल्डोले युनाइटेडमा पुन: ७ नम्बरकै जर्सी लगाउनेछन् । सन् २००३ देखि २००९ सम्म युनाइटेडमा खेल्दा रोनाल्डोले ३ प्रिमियर लिग, १ च्याम्पियन्स लिग, २ लिग कप र १ एफए कपको उपाधि जितेका थिए । यस्तै फिफा क्लब विश्वकप र कम्युनिटी शिल्डको उपाधि पनि जितेका थिए ।

रोनाल्डो २००९ मा स्पानिस क्लब रियलम ड्रिड लागेपछि पनि युनाइटेडले ट्रफीहरु जितेको थियो । तर २०१२-१३ को सिजनयता युनाइटेडले प्रिमियर लिग जित्न सकेको छैन ।

‘त्यसैले त म्यानचेस्टर आएको हुँ ।’ रोनाल्डोले भने, ‘म यहाँ बिदा मनाउन आएको होइन ।’

रोनाल्डोले आफू जित्नकै लागि युनाइटेड आएको बताए । ‘जित्नु महत्वपूर्ण कुरा हो र मैले धेरै वर्षअघि यसअघि यहाँको जर्सी लगाइसकेको छु । तर म यहाँ फेरि जित्न आएको हुँ ।’ रोनाल्डोले भने ।

‘यो मेरो लागि, समर्थकका लागि, क्लबका लागि एक स्टेप अघि बढ्ने यो राम्रो अवसर हो ।’ उनले भने, ‘म तयार छु र मेरो विचारमा अबको ३-४ वर्षमा युनाइटेडका लागि ठूलो विषय बन्नेछु ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार