होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • हालान्ड र लेवान्डोस्कीको गोलवर्षा जारी
खेलकुद

हालान्ड र लेवान्डोस्कीको गोलवर्षा जारी

  • नागरिक रैबार
हालान्ड र लेवान्डोस्कीको गोलवर्षा जारी

अर्लिङ ब्राउट हालान्डको दुई गोलको मद्दतले तीनपटक गोलले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया डर्टमन्डले बायर लेभरक्युजनविरुद्ध ४–३ को रोमाञ्चक जीत हासिल गर्न सफल भएको छ ।

खेलको सुरुवातमा नै फ्लोरियन विर्टजले लेभरक्युजनलाई अग्रता दिलाए पनि हालान्डले ३७ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको इन्जुरी समयमा प्याट्रिक शिकको गोलको मद्दतले लेभरक्युजनले पुनः अग्रता लियो ।

दोस्रो हाफमा जुलियन ब्रान्डिटले पुनः बराबरी गोल फर्काए पनि मोउसा डियाबीले लेभरक्युजनका लागि तेस्रो गोल गरे । तर, त्यसपछि हालान्ड र राफायल गुरेरोले गोल गर्दै डर्टमन्डलाई जीत दिलाए ।

विज्ञापन

जीतसँगै डर्टमन्ड लिगको तेस्रो स्थानमा उक्लिएको छ । ४ खेलबाट डर्टमन्डको ९ अङ्क रहेको छ । उता, साबिक विजेता बायर्न म्युनिखले गत वर्षको उपविजेता बनेको आरबी लेइपजीगमाथि ४–१ को सहज जीत हासिल गरेको छ ।

खेलमा सुरुवाती गोल गरेका रोबर्ट लेवान्डोस्कीले यो सिजन ४ खेलबाट ६ गोल गरिसकेका छन् । हालसम्म अपराजित बायर्न ४ खेलमा १० अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा रहेको छ । यो सिजन चारै खेलमा जीत हासिल गरेको वुल्फसवर्ग १२ अंकसहित शीर्ष स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार