होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • पीएसजीलाई रोनाल्डोको चेतावनी
खेलकुद

पीएसजीलाई रोनाल्डोको चेतावनी

  • नागरिक रैबार
पीएसजीलाई रोनाल्डोको चेतावनी

रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डोले नाजारियोले लियोनेस मेस्सीलाई क्लबमा भित्र्याए पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई यो सिजन च्याम्पियन्स लिग जित्न कठिन हुने चेतावनी दिएका छन् । हाल स्पेनिस क्लब रियल भालाडोलिडको अध्यक्ष रहेका रोनाल्डोले रियल म्याड्रिडको उदाहरण दिँदै कागजमा सशक्त देखिँदैमा टोलीले सधैँ युरोपको सर्वोच्च उपाधि जित्न नसक्ने बताएका हुन् ।

‘क्वार्टरफाइनल पछि तस्बिर स्पष्ट हुँदै जान्छ । पेरिस सेन्ट जर्मेनको सम्भावना प्रबल छ । तर, कुरा गर्नु र खेल्नुमा फरक हुन्छ,’ उनले भने, ‘मैदानमा नतिजालाई धेरै कुराले प्रभावित गर्छ । ग्यालेक्टिकोस्को टोलीमा मैले रियलका लागि पाँच सिजन खेलेँ तर च्याम्पियन्स लिग कहिले जित्न सकिनँ । तपाईंसँग उत्कृष्ट खेलाडी भए पनि जित्ने कुरा अटोमेटिक हुँदैन ।’

पीएसजी स्टार एम्बाप्पे र आफूबीच केही समानता छ ? भन्ने प्रश्नमा भने उनी स्पष्ट थिए । ‘हो, उनी र ममा धेरै कुरा मिल्छ । उनीसँग अद्भुत गुणहरू छन् र उनले त्यसलाई तीव्र गतिमा लागू गर्छन् । यति सानो उमेरमा नै उनी यति धेरै अगाडि आइसकेका छन् । मलाई एम्बाप्पे मनपर्छ ।’

विज्ञापन

मार्का

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार