होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बेन्जेमाको ह्याट्रिकमा रियलको पुनरागमन
खेलकुद

बेन्जेमाको ह्याट्रिकमा रियलको पुनरागमन

  • नागरिक रैबार
बेन्जेमाको ह्याट्रिकमा रियलको पुनरागमन

करिम बेन्जेमाको ह्याट्रिकको मद्दतले दुईपटक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल म्याड्रिडले सेल्टाभियोमाथि शानदार जीत हासिल गरेको छ । आफ्नो घरेलु मैदानमा ५६० दिन पछि फर्किएको रियलले ५–२ को जीत हासिल गरेको हो ।

सान्टी मिनाले पाहुना टोलीलाई खेलको शुरुवातमा नै अग्रता दिलाए पनि बेन्जेमाले बराबरी गोल फर्काएका थिए । फेरि फ्रान्को कर्भीले सेल्टालाई अग्रता दिलाए भने बन्जेमाले पुनः खेल बराबरी गरे ।

भिनिसियस जुनियरले रियलका लागि तेस्रो गोल गरे भने युवा खेलाडी एडवार्डो कामाभिङ्गाले डेब्यूको छैटौँ मिनेटमा गोल गरे । ८७ औँ मिनेटमा गोल गर्दै बेन्जेमाले आफ्नो ह्याट्रिक पूरा गरे । जीतसँगै कार्लो एन्चेलोटीको टोली ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

विज्ञापन

रियलले सन् २०२० को मार्च १ पछि सान्टिायागो बर्नेबेउमा पहिलो खेल खेलेको हो । त्यतिबेला रियलले बार्सिलोनालाई एलक्लासिकोमा हराएको थियो । पहिलो खेलमा ३० हजार समर्थकहरुलाई मैदान प्रवेश गर्न अनुमति दिइएको थियो ।

उता, एथ्लेटिको म्याड्रिडले पनि एक गोलले पछि परेको स्थिति उल्टाउँदै नवप्रवेशी एस्पानियोललाई २–१ गोलले पराजित गरेको छ । राउड डे टोमासले एस्पानियोललाई अप्रत्यासित अग्रता दिलाएका थिए ।

तर ७९ औँ मिनेटमा यानिक कारास्कोले बराबरी गोल फर्काए भने फ्रेन्च मिडफिल्डर थोमास लेमारले इन्जुरी समयमा गोल गदै साबिक विजेतालाई महत्त्वपूर्ण ३ अंक दिलाए ।

त्यस्तै, भ्यालेन्सियाले ओसासुनालाई ४–१ ले हरायो । रियल, भ्यालेन्सिया र एथ्लेटिकोको समान १० अंकपछि गोलअन्तरको आधारमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार