होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रिमियर लिगमा शीर्ष तीन स्थानमा रहेका चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् । बुधबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सीले वाटफोर्डलाई २-१ ले हरायो । चेल्सीका लागि हाकिम जियाचले ७२औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि २९औं मिनेटमा मसन माउन्टले गोल गर्दै अग्रता दिलाएका थिए भने वाटफोर्डका डेनिसले ४३औं मिनेटमा […]
काठमाडौँ — लियोनल मेसीले सोमबार कीर्तिमान सातौं पल्ट बेलन डे’अर जितेका छन् । व्यक्तिगत रूपमा उनको खेल जीवन यो वर्ष उतारचढावपूर्ण रह्यो, तर उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका भने जिते । अर्जेन्टिनी मेसीले यही उपाधिका कारणले आफूले बेलन डे’अर जितेको पनि मानेका छन् । महिलातर्फ भने स्पेनकी एलेक्सिया पुटेलासले बेलन डे’अर अवार्ड जितिन् । अहिले […]
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार ८ हप्ता मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटका कारण २९ वर्षीय ब्राजिलियन फरवार्ड नेमार ८ हप्ता मैदान बाहिर रहने क्लबले जनाएको छ । पीएसजीका अनुसार नेमारको देब्रे घुँडाको लिगामेन्टमा चोट लागेको छ । फ्रेन्च लिग अन्तर्गत सेन्ट इटिएनविरुद्ध ३-१ को जित हात […]
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ए को विजेताको रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ। सिटीले घरेलु मैदानमा पिएसजीलाई २-१ गोल अन्तरले हराउँदै समूहमा अन्तिम खेल अगाडि ४ अंकको स्पष्ट अग्रता लिएको हो।पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा पिएसजीले अग्रता लियो। खेलको […]
काठमाडौं, ८ मंसिर । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ ।मंगलबार राति भएको खेलमा चेल्सीले युभेन्ट्समाथि ४–० गोलको फराकिलो जित निकालेको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा २५ औं मिनेटमा ट्रिभोअ चालोवाहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा रिस जेम्सले गोल गर्दा चेल्सीले अग्रता दोब्बर बनायो । […]
काठमाडौं । स्पानिस क्लब बार्सिलोना युवा खेलाडी पेड्रीले ‘गोल्डेन ब्वाई’ अवार्ड जितेका छन् । टुटस्पोर्ट्सले युरोपका २१ वर्षमुनिका उत्कृष्ट खेलाडीलाई गोल्डेन ब्वाई अवार्ड प्रदान गर्दै आएको छ । अवार्ड जित्ने क्रममा १८ वर्षीय मिडफिल्डर पेड्रीले बोरुसिया डर्टमण्ड तथा इंग्ल्याण्डका जुड बेलिङघमलाई पछि पारे । यस अवार्डका लागि ४० पत्रकारले भोटिङ गरेका थिए र २६ जनाले […]
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दुई विभागीय क्लबको प्रतिस्पर्धामा ५१ औं मिनेटमा सन्तोष हेमरुनले तेज तामाङको फ्रिकिकमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर १० मिनेटपछि नै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश […]
नागरिक रैबार/बाजुरा ५ मंसिर । कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. ९ ले आयोजना गरेको पैठमेला फुटवल कपको उपाधि बाजुरा जिल्लाले हात पारेको छ । आईतबार सम्पन्न भएको फाईनल खेलमा एलजि वाईसी क्लवलाई १-० गोल अन्तरले पराजित गर्दै बाजुरा जिल्लाले खेलको उपाधि जितेको हो । प्रतियोगिता मंसिर १ गतेबाट कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. […]
काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रशिक्षक ओले गनर सोल्सगेयरलाई बर्खास्त गरेको छ । आइतबार वाटफोर्डसँग ४–० को लज्जास्पद हार व्यहोरेपछि युनाइटेडले सोल्सगेयरलेलाई हटाएको हो । यो हारसँगै युनाइटेड प्रिमियर लिगमा लिडर चेल्सीभन्दा १२ अंक पछाडि परेको छ । खराब लयमा रहेको युनाइटेडले लिगमा पछिल्लो सातमध्ये एक खेल जितेको छ भने लिभरपुलसँग ५–० र म्यानचेष्टर सिटीसँग २–० […]
काठमाडौं । लिओनल मेसीले फ्रेन्च लिग वानमा पहिलो गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्ट्सलाई ३-१ ले पराजित गरेको छ । दोस्रो हाफमा केलर नाभासले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिए पनि पीएसजीले जित हात पारेको हो । जितपछि पीएसजीले शीर्ष स्थानमा १२ अंकको आरामदायी अग्रता बनाएको छ । घरेलु मैदान पार्क डे प्रिन्समा भएको […]
फिफा विश्वकप छनोट खेलका कारण दुई साता विश्राम लिएको स्पेनिस ला लिगाको १४औं राउन्डका खेलहरु सुक्रबार रातिदेखि पुनः सुरु हुँदैछ । सुक्रबार राति एथलेटिक बिल्बाओ र लिभान्तेबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेसनको दबाबमा देखिएको लिभान्ते घरेलु मैदानमा जित निकाल्दै संकट टार्ने योजनामा छ । पाहुना टोली बिल्बाओ पनि स्पस्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अभियानमा […]
३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी-२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी-२० सिरिज खेल्न लागेको हो । आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारी स्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज […]
काठमाडौं । पोर्चुगललाई स्तब्ध पार्दै सर्बियाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।युरोपियन छनोटअन्तर्गत आइतबार राति भएको समूह ए को खेलमा सर्बियाले पोर्चुगलमाथि २-१ गोल को पुनरागमन जित हात पार्यो । घरेलु मैदानमा पोर्चुगलले रेनाटो सान्चेजको गोलमार्फत दोस्रो मिनेटमै अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन । सर्बियाका लागि ३३ औं […]
काठमाडौं । साविक विजेता फ्रान्स सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनाेट भएकाे छ ।युरोपियन छनोट अन्तर्गत शनिबार राति कजाखस्तानलाई ८-० ले पराजित गर्दै फ्रान्सले विश्वकपमा स्थान पक्का गरेको हो । फ्रान्सलाई फराकिलाे जित दिलाउन किलियन एमबाप्पेले ४ गोल गरे ।यस्तै करिम बेन्जामाले दुई तथा एन्टाेनी ग्रीजमन र एड्रिएन र्याबिओटले एक-एक गाेल गरे […]
काठमाडौं । जर्गिन्होले अन्तिमा पाएको पेनाल्टी गुमाएपछि इटलीले विश्वकपको छनोटमा स्वीट्जरल्याण्ड्सँग १-१ को बराबरी खेलेको छ । बराबरीपछि युरोपियन छनोटको समूह सी मा दुवै टिमको समान अंक छ तर गोलअन्तरमा इटली अघि छ । समूह विजेता बन्दै सिधै विश्वकपमा छनोट हुनका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ । घरेलु मैदान रोममा भएको खेलको ९०औं मिनेटमा […]
काठमाडौं । कोलम्बियालाई शुक्रबार बिहान १-० ले पराजित गर्दै ब्राजिलले अर्को वर्ष कतारमा हुने पिफा विश्वकपमा स्थान पक्का गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तरगत शुक्रबार विहान भएको खेलमा ब्राजिलले लुकास पाक्वेटाको एक मात्र गोलको मदतमा कोलम्बियालाई हराएको हो । पाक्वेटाले नेइमारको पासमा ७२औं मिनेटमा गोल गरेका थिए । जितसँगै ब्राजिल छनोटमा ६ खेल बाँकी […]
काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा अहिलेसम्म युरोपबाट दुई टिम छनोट भइसकेका छन् । आयोजकको रुपमा कतार पनि सिधै छनोट भइसकेको छ भने जर्मनी र डेनमार्कले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुई खेल अगावै कतारको टिकट पक्का गरिसकेको छ । युरोपबाट कुल १३ राष्ट्रले विश्वकप खेल्न पाउनेछन् । अब ११ टिम छानोट […]
भारतीय क्रिकेट टोली यो वर्षको टी–२० विश्वकपबाट बाहिरिएको छ । भारतले सेमिफाइनलसम्म पनि स्थान बनाउन सकेन । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गर्यो । योसँगै टी–२० मा कप्तानको रूपमा विराट कोहलीको यात्रा पनि समाप्त भएको छ । विश्वकपभन्दा अघि नै कोहलीले प्रतियोगितापछि टी–२० टोलीको कप्तान छाड्ने बताएका थिए । नामिबियाविरुद्धको […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक। दोस्रो नगर स्तरीय फुटवल प्रतियोगिताको कप पनि बडीमालिका नगरपालिका ९ ले जितेको छ ।आज सम्पन्न भएको फाइनल खेलमा आयोजक बडीमालिका ८ लाई २-१ ले पराजित गर्दै बडीमालिका ९ दोस्रो नगर स्तरीय कप जितेको हो । अघिल्लो वर्ष समेत कप जितेको बडीमालिका ९ ले यस वर्ष पनि उत्कृष्ट खेल प्रर्दशन गर्दै दोस्रो […]
प्रथम ईमर्जिङ बाजुरा क्रिकेट कपकाे उपाधि बुढीगंगा क्रिक्रेट क्लबले जितेकाे छ । आयोजक बडिमालिका क्रिक्रेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुढीगंगा क्रिकेट क्लवले उपाधी जित्न सफल भएकाे हो । १६ ओभरको खेलमा सबै विकेट गुमाएर ९२ रनमा समेटिएको आयोजकलाई बुढीगंगा क्रिक्रेट क्लबले १२ ओभरको समाप्तीमै १ विकेटको क्षतिमा लक्ष्य भेटाएर खेल जितेको हो । १० […]