होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • कप्तानी छाडेपछि कोहलीको ‘भावुक’ सन्देश
खेलकुद

कप्तानी छाडेपछि कोहलीको ‘भावुक’ सन्देश

  • नागरिक रैबार
कप्तानी छाडेपछि कोहलीको ‘भावुक’ सन्देश

भारतीय क्रिकेट टोली यो वर्षको टी–२० विश्वकपबाट बाहिरिएको छ । भारतले सेमिफाइनलसम्म पनि स्थान बनाउन सकेन । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गर्‍यो ।

योसँगै टी–२० मा कप्तानको रूपमा विराट कोहलीको यात्रा पनि समाप्त भएको छ । विश्वकपभन्दा अघि नै कोहलीले प्रतियोगितापछि टी–२० टोलीको कप्तान छाड्ने बताएका थिए । नामिबियाविरुद्धको खेलपछि उनले अन्तर्राष्ट्रियता टी–२० टोलीको कप्तानी छाड्ने यो सही भएको बताए । खेलपछि आयोजित पत्रकार सम्मेलनमा कोहलीले भने, ‘सबैभन्दा पहिले राहत महसुस गरिरहेको छु । तर सबै कुरालाई सही परिप्रेक्ष्यमा राख्नुपर्छ ।’

विश्वकपमा भारत सेमिफाइनलसम्म नपुगेको कारण कोहलीले पनि आलोचनाको सामना गर्नु परिरहेको छ । कोहलीले आफ्नो कप्तानीमा भारतलाई कयौँ यादगार जीत दिलाए पनि कुनै पनि आईसीसी प्रतियोगिता कप्तानका रूपमा जित्न भने सकेनन् । कोहलीले आफ्नो कामको दबाबलाई व्यवस्थापन गर्ने सही समय भएको पनि बताए । उनले ६–७ वर्षमा धेरै क्रिकेट म्याच भएको र हरेक पटक मैदानमा उत्रँदा यसले तपाईंमा धेरै कुरा लैजाने पनि बताए ।

विज्ञापन

आफ्नो टोलीका खेलाडीहरूसँग उनले धेरै राम्रा समय बिताएको जिकिर गरे । ‘हामीले एक टिमको रूपमा साँच्चै नै राम्रो प्रदर्शन गर्‍यौँ । मलाई थाहा छ यो विश्वकपमा हामी धेरै अगाडि बढ्न सकेनौँ । तर टी–२० मा हामीले निकै राम्रा नतिजा हासिल गर्‍यौँ र हामीलाई एक साथ खेल्न निकै मज्जा आयो,’ उनले भने ।

कोहलीले भने, ‘टी–२० भनेको मार्जिनको खेल हो । तपाईं पहिलो दुई खेलमा दुई ओभरको कुरा गर्नुहुन्छ । तर, मैले पहिले पनि भनेको थिएँ, हामी निडर भएर खेल्न सकेनौँ । हामी टसको बहाना दिने टोली होइनौँ ।’

उनले मुख्य प्रशिक्षक रवि शास्त्री र अन्य स्टाफलाई पनि धन्यवाद दिए । प्रशिक्षकका रूपमा शास्त्रीको पनि यो अन्तिम खेल थियो । अब राहुल द्रविड भारतीय क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

‘अब खेलाडीको रूपमा पनि तपाईंले त्यस्तै जोस देखाउनुहुन्छ त ?’ भन्ने प्रश्नमा कोहलीले भने, ‘त्यो कहिले पनि बदलिने छैन । यदी मैले त्यसो गर्न सकिनँ भने म अगाडि खेल्न सक्ने छैन । पहिले जब म कप्तान थिइनँ, म जहिले पनि खेलमा के भइरहेको छ भनेर हेर्नका लागि उत्साहित हुन्थेँ ।’

 

कप्तानका रूपमा आफ्नो अन्तिम खेलमा ट्वीटरमा एउटा सन्देश लेखेर कोहलीले भारतीय समर्थकहरूलाई पनि धन्यवाद दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘हामी सबै एक साथ मिलेर लक्ष्य हासिल गर्छौँ । दुर्भाग्यले हामी यसपटक चुक्यौँ । एक टिमको रूपमा हामी जतिको निराश सायदै कोही होला । तपाईं सबैको समर्थन चाहिएको थियो, यसका लागि धन्यवाद । हामी अझै सशक्तरुपमा फर्किने प्रयास गर्नेछौँ र आगामी दिनमा राम्रो प्रदर्शन गर्नेछौँ ।’

कोहलीले ५० अन्तर्राष्ट्रिय टी–२० खेलमा भारतको कप्तानी गरेका छन् । यसमध्ये ३२ वटा खेलमा भारत विजयी रह्यो । १६ वटा टोली पराजित भएको थियो भने दुई खेलमा कुनै नतिजा आएन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार