होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • फ्रेन्च लिगमा मेसीको पहिलो गोल, पीएसजीलाई १२ अंकको अग्रता
खेलकुद

फ्रेन्च लिगमा मेसीको पहिलो गोल, पीएसजीलाई १२ अंकको अग्रता

  • नागरिक रैबार
फ्रेन्च लिगमा मेसीको पहिलो गोल, पीएसजीलाई १२ अंकको अग्रता

काठमाडौं । लिओनल मेसीले फ्रेन्च लिग वानमा पहिलो गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्ट्सलाई ३-१ ले पराजित गरेको छ ।

दोस्रो हाफमा केलर नाभासले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिए पनि पीएसजीले जित हात पारेको हो । जितपछि पीएसजीले शीर्ष स्थानमा १२ अंकको आरामदायी अग्रता बनाएको छ ।

घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलको दोस्रो मिनेटमै किलिएन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर ६५औं मिनेटमा गोलकिपर केलर नाभास रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटियो ।

विज्ञापन

७६औं मिनेटमा आरके मुएनीले नान्ट्सका लागि बराबरी गोल फर्काएका थिए । तर ८२औं मिनेटमा नान्ट्सका अपिहको आत्मघाती गोलमा पीएसजीले २-१ को अग्रता बनायो । त्यसपछि मेसीले ८७औं मिनेटमा एमबाप्पेको पासमा लिग वानको डेब्यु गोल गरे ।

जितपछि पीएसजीको १४ खेलबाट ३७ अंक छ । दोस्रो स्थानको रेन्सको समान खेलबाट २५ अंक छ । नान्ट्स १८ अंकसहित ११औं स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार