होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • म्यानचेस्टर सिटीले घरेलु मैदानमा पिएसजीलाई हरायो
खेलकुद

म्यानचेस्टर सिटीले घरेलु मैदानमा पिएसजीलाई हरायो

  • नागरिक रैबार
म्यानचेस्टर सिटीले घरेलु मैदानमा पिएसजीलाई हरायो

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ए को विजेताको रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ।

सिटीले घरेलु मैदानमा पिएसजीलाई २-१ गोल अन्तरले हराउँदै समूहमा अन्तिम खेल अगाडि ४ अंकको स्पष्ट अग्रता लिएको हो।पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा पिएसजीले अग्रता लियो।

खेलको ५० औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै फ्रेन्च टिमलाई सुरूवाती अग्रता दिलाए। ६३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

विज्ञापन

मेसी, नेयमार र एम्बाप्पेले केही राम्रा गोल गर्ने मौका खेर फालेका थिए।यसैबीच खेलको ७६ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेका ग्याब्रीएल जेससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए। त्यसपछि खेलमा गोल भएन र खेल सिटीले जित्यो।

योसँगै सिटी ५ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहने पक्का भएको छ। दोस्रो स्थानमा रहेको पिएसजीको समान खेलबाट ८ अंक छ।

समूहमा लाइप्जिङ र ब्रुगको समान ४-४ अंक छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार