होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • विश्वकप छनोट : कुन टिमलाई कस्तो नतिजा चाहिन्छ ?
खेलकुद

विश्वकप छनोट : कुन टिमलाई कस्तो नतिजा चाहिन्छ ?

  • नागरिक रैबार
विश्वकप छनोट : कुन टिमलाई कस्तो नतिजा चाहिन्छ ?

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा अहिलेसम्म युरोपबाट दुई टिम छनोट भइसकेका छन् ।

आयोजकको रुपमा कतार पनि सिधै छनोट भइसकेको छ भने जर्मनी र डेनमार्कले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुई खेल अगावै कतारको टिकट पक्का गरिसकेको छ ।

युरोपबाट कुल १३ राष्ट्रले विश्वकप खेल्न पाउनेछन् । अब ११ टिम छानोट हुन बाँकी छ ।

विज्ञापन

विश्वकप छनोटका लागि युरोपका ५५ देशलाई १० वटा समूहमा विभाजन गरेर छनोट खेलाइएको छ । १० वटै समूह विजेता सिधै छनोट हुनेछन् भने उपविजेता टिम र नेसन्स लिगका दुई टिमले बाँकी तीन स्थानका लागि प्लेअफ खेल्नेछन् ।

हालसम्म समूह एफबाट डेनमार्क र समूह जे बाट जर्मनी छनोट भइसकेका छन् ।

आज बिहीबारदेखि बाँकी रहेका छनोट खेलहरु पुनः सुरु हुँदैछन् ।

समूह ए

पाँच टिम रहेको समूह ए मा सर्बिया सात खेलबाट १७ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको पोर्चुगल १६ अंकसहित दोस्रो स्थानमा छ ।

यी दुई टिमले शीर्ष दुईमा रहने पक्का छ । आइतबार यी दुई टिमबीच अन्तिम खेल हुँदैछ र त्यसबाट कुन टिमले सिधै छनोट हुने र को प्लेअफमा जाने भन्ने निर्णय हुनेछ ।

समूह बी

पाँच वटै टिम रहेको समूह बी मा स्वीडेन १५ अंकसहित शीर्ष स्थानमा छ भने स्पेन १३ अंक जोडेर दोस्रो स्थानमा छ ।

दुवैले दुई खेल खेल्ने बाँकी छ र छनोट हुने नहुने आफ्नै हातमा छ । यदि स्पेनले ग्रीस र स्वीडेनलाई पराजित गरेमा शीर्ष स्थानमा रहेर छनोट हुनेछ ।

तर स्वीडेनलाई पनि जर्जिया र स्पेन विरुद्धको खेलबाट जम्मा चार अंक मात्र आवश्यक छ । यसरी हेर्दा स्पेन र स्वीडेनको खेल निर्णायक हुने देखिन्छ ।

यदि बिहीबार हुने खेलमा स्वीडेनले जर्जियालाई हरायो र स्पेन ग्रीससंग पराजित भएमा स्वीडेन एक खेल अगावै छनोट हुनेछ ।

समूह सी

यस समूहमा पनि पाँच टिम छन् । इटली र स्वीट्जरल्याण्ड समान १४ अंक जोडेर क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । गोलअन्तरका आधारमा इटली अगाडि छ ।

अब इटली र स्वीट्जरल्याण्ड एक आपसमा भिड्नेछन् र यस खेलबाट कस्तो समीकरण बन्ने थाहा हुनेछ । त्यसपछि इटलीले नर्दन आयरल्याण्ड र स्वीट्जरल्याण्डले बुल्गेरियासँग खेल्न बाँकी हुनेछ ।

समूह डी

समूह डी मा विश्व च्याम्पियन फ्रान्स ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । पाँच टिम रहेको यस समूहमा युक्रेन सात खेलबाट ९ अंकसहित दोस्रोमा छ ।

फ्रान्सले अब हुने खेलमा कजाखस्तानलाई पराजित गरेमा विश्वकपमा छनोट हुनेछ । यदि बोस्निया एण्ड हर्जगोभिना र फिनल्याण्डले बराबरी खेलेमा फ्रान्सलाई एक अंक नै पर्याप्त हुनेछ ।

फ्रान्स बाहेक युक्रेन, फिनल्याण्ड र बोसनिया प्लेअफका लागि होडमा छन् ।

समूह ई

बेल्जियम ६ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । सात खेल खेलेको चेक रिपब्लिक र ६ खेल खेलेको वेल्स समान ११ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ ।

बेल्जियमले अब इस्टोनिया र वेल्ससँग खेल्न बाँकी छ । त्यसमध्ये पहिलो खेल जितेमा बेल्जियम सिधै छनोट हुनेछ । चेक र वेल्स प्लेअफका लागि प्रतिस्पर्धामा छन् ।

समूह एफ

यस समूहबाट डेनमार्क शतप्रतिशत जितका साथ विश्वकप छनोट भइसकेको छ । डेनमार्कको ८ खेलबाट २४ अंक छ । स्कटल्याण्ड ८ खेलबाट १७ अंकसहित दोस्रो र इजरायल १३ अंकसहित तेस्रो स्थानमा छ । यी दुई टिम प्लेमफको होडमा छन् ।

समूह जी

यस समूहमा नेदरल्याण्ड्स ८ खेलबाट १९ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट नर्वे १७ अंक जोडेर दोस्रो स्थानमा छ । टर्की १५ अंकसहित तेस्रो स्थानमा छ । नेदरल्याण्ड्स र नर्वेको हकमा भने छनोट हुने सम्भावना आफ्नै हातमा छ । टर्कीको भने झिनो सम्भावना बाँकी छ ।

नेदरल्याण्ड्सले मोन्टेनेग्रो र नर्वेले लात्भियासँग खेल्न बाँकी छ । त्यसपछि यी दुई टोली आमने सामने हुनेछन् ।

यदी शनिबार हुने खेलमा नेदरल्याण्ड्सले मोन्टेनेग्रोलाई पराजित गरेमा र नर्वेले लात्भियालाई हराउन नसकेमा नेदरल्याण्ड्स अन्तिम खेलअघि नै छनोट हुनेछ । तर नर्वेल लात्भिया र नेदरल्याण्ड्स दुवैलाई हराएमा सिधै विश्वकपमा छनोट हुनेछ ।

समूह एच

यस समूहमा रसिया १९ अंकसहित पहिलो र क्रोएसिया १७ अंकसहित दोस्रो स्थानमा छ ।

दुई टोली शीर्ष दुई स्थानमा रहने पक्का छ । तर दुवै टिम शीर्ष स्थानमा रहेर सिधै विश्वकपमा छनोट हुने होडमा छन् । यदि बिहीबार हुने खेलमा रसियाले साइप्रसलाई हराएमा र क्रोएसियाले माल्टालाई पराजित गर्न नसकेको खण्डमा रसिया सिधै छनोट हुनेछ ।

दुवै टिम विजयी भए आइतबार हुने रसिया र क्रोएसिया बिचको खेलले विश्वकप पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

समूह आई

इंग्ल्याण्ड ८ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । पोल्याण्ड १७ अंकसहित दोस्रो स्थानमा छ । इंग्लयाण्डले अल्बानिया र सानमारिनोसँग खेल्न बाँकी छ ।

इंग्ल्याण्डलाई छनोट हुन दुई खेलबाट चार अंक आवश्यक छ । विश्वकपमा छनोट हुन इंग्ल्याण्डले अन्तिम खेलसम्म कुर्नुपर्ने सम्भावना पनि छ । तर शुक्रबार हुने खेलमा अल्बानियालाई पराजित गरेमा र पोल्याण्डले एन्डोरलाई हराउन नसकेको अवस्थामा भने इंग्ल्याण्ड एक खेल अगावै छनोट हुनेछ ।

अल्वानिया भन्दा दुई अंक अघि रहेको पोल्याण्ड प्लेअफ होडमा अघि छ ।

समूह जे

जर्मनी ८ खेलबाट २१ अंक जोडेर यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । रोमानिया १३ अंकसहित दोस्रो र नर्थ मेसेडोनिया १२ अंक जोडेर तेस्रो स्थानमा छ । यस्तै अर्मेनियाको पनि १२ अंक नै छ । यी तीन टिम प्लेअफको होडमा छन् ।

बीबीसीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार