होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • मेसीले जिते सातौँपल्ट बेलन डे’अर
खेलकुद

मेसीले जिते सातौँपल्ट बेलन डे’अर

  • नागरिक रैबार
मेसीले जिते सातौँपल्ट बेलन डे’अर

काठमाडौँ — लियोनल मेसीले सोमबार कीर्तिमान सातौं पल्ट बेलन डे’अर जितेका छन् । व्यक्तिगत रूपमा उनको खेल जीवन यो वर्ष उतारचढावपूर्ण रह्यो, तर उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका भने जिते । अर्जेन्टिनी मेसीले यही उपाधिका कारणले आफूले बेलन डे’अर जितेको पनि मानेका छन् ।

महिलातर्फ भने स्पेनकी एलेक्सिया पुटेलासले बेलन डे’अर अवार्ड जितिन् । अहिले ३४ वर्ष पुगिसकेका मेसीले यो अवार्ड जित्ने क्रममा रोबर्ट लेवनडोस्की र करिम बेम्जेमालाई उछिनेका हुन् । अवार्ड कार्यक्रम पेरिसमा आयोजना गरिएको थियो र संयोगले अहिले उनी पेरिसकै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्छन् ।

अगस्टमै मात्र उनी बार्सिलोना छाडेर पीएसजी आएका हुन् । उनको नेतृत्वमा यसपल्ट अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो र यो अर्जेन्टिनाले सन् १९९३ यता जितेको पहिलो ठूलो उपाधि हो । अवार्ड थापेपछि मेसीले भने, ‘मलाई लागेको थियो, अब यो अवार्ड जितिने छैन्, तर फेरि जितेकोमा खुसी छुं ।’

विज्ञापन

उनले यो अवार्ड सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा पनि जितेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार