होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी / धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरेर १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए […]
काठमाडौं । इंग्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी चेल्सीलाई आइतबार राति पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै लिभरपुलले लिग कपको उपाधि जितेको छ । लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित ९० र थपिएको ३० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो । पेनाल्टीमा पनि दुवै टिमको गरेर २१ प्रहार गोलमा परिणत भएको थियो । तर, गोलकिपर काओमहिन केलेहरले […]
काठमाडौं । माटोको भाँडाकुटी बनाउने, माटैको पैसा । चिलाउनेको पातलाई पैसा मानेर माटोबाट बनेका भाँडाकुँडाको खरिद बिक्री । रुखको हाँगा हल्लाएर मोटरको अनुभव होस् वा सलाईको बट्टामा धागोले जोडेर बनाएको टेलिफोन किन नहोस् । २०५० को दशकसम्म बालापन गुजारेका पुस्ताले लिएको रैथाने खेलको मनोरञ्जन हो यो । बालापनमा कुनै कुराको अभाव थिएन । कागजको ढुंगा […]
काठमाडौँ : ललितपुर वुमन्स च्याम्पियनशिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो। १४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्र जोड्न सक्यो। मेयर्स–११ […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान […]
स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् । रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे । अर्को खेलमा भ्रमणकारी […]
काठमाडौँ — ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई ३९ रनले हराउँदै विजयी शुरुआत गरेको छ । मस्टकस्थित अल अमरेतमा शुक्रबार भएको खेलमा नेपालको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा अल आउट हुँदै ७८ रन मात्रै बनाउन सफल भयो । नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट लिए । त्यसैगरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए आजदेखि ओमानमा सुरु हुँदैछ । उदघाटन खेलमै नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ । समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ । ग्लोबल क्वालिफायर ए मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई समूहमा […]
बैतडीको पाटनमा खुल्ला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि पाटन प्रिमियर लिग (पीपीएल) आयोजना हुन लागेको हो। प्रतियोगिताको प्रथम हुनेलाई ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यसैगरी दितिय पुरस्कार २२ हजार २ सय २२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले […]
काठमाडौं । इन्टर मिलानलाई उसकै मैदानमा २–० गोलले पराजित गरी लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ । प्रि–क्वाटरफाइनल चरणअन्तर्गत सान सिरोमा लिभरपुलका सब्स्टिच्युड रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले खेलको अन्त्यतिर गोल गरे । गोलरहित बराबरीतर्फ उन्मुख रहँदा ७५औं मिनेटमा फिर्मिनोले एन्ड्रयू रोबर्टसनको कर्नरमा हेड गोल गरे । त्यसको १० मिनेटपछि सलाहले बक्स भित्रबाट गोल […]
काठमाडौं । अजरवैजानी खेलाडी नुर्लान नाेभ्रुजाेभको निर्णायक गोलमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । साविक विजेता मछिन्द्रले सातदोबाटोलाई पराजित गरेपछि दुई खेल अगावै लिगको उपाधि रक्षा गरेको हो । यो जितपछि मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ । एक […]
काठमाडौं । दुई पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५१औं मिनेटमा रोनाल्डोले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । यस्तै ब्रुनोले इन्जुरी […]
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् । लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । […]
काठमाडौं । इंग्लिस क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । रियादमा शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मेरसलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । चेल्सीका लागि काई हाभार्टले ११७औं मिनेटमा निर्णायक गोल गरे । त्यसअघि खेलको ५४औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता […]
काठमाडौं । बाजुरा जिल्लाका परिचित फुटबल खेलाडी दिनेश रेग्मी बी डिभिजन लिग खेल्ने बाजुराको पहिलो खेलाडी बनेका छन्। विगत लामो समयदेखि बाजुरामा जिल्ला र क्षेत्रस्तरीय फुटबल खेल्दै आएका दिनेशले काठमाडौंका विभिन्न क्लबमा आबद्ध भएर फुटबल खेलेका थिए। उनी हाल यो वर्ष हुने म्यारिट मेमोरियल बी डिभिजन लिग खेल्नका लागि टुसाल क्लब बौद्धसँग आबद्ध भएका छन् […]
धनगढीमा आगामी फागुन २ गतेदेखि १४ गतेसम्म आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ को तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता आयोजना गर्नका लागि मैदान तयार गर्ने कामले तिव्रता पाएको आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए। धनगढीस्थित संघीय प्रहरी इकाइको खेल मैदान तयारी अवस्थामा […]
२५ माघ, काठमाडौं । फेब्रुअरी महिना नेपाली क्रिकेटको लागि व्यस्त महिना हुनेछ । १० महिनापछि अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुन नेपालले एक खुड्किलो पार गर्नुपर्नेछ । तर त्यो खुड्किलो अर्थात् ग्लोबल क्वालिफायरको अवस्था फरक छ र नेपालले त्यहाँसम्म तय गरेको बाटो पनि । यसअघि रिजनल (क्षेत्रीय) छनोट खेलेको नेपाल यो पटक सिधै ग्लोबल […]
काठमाडौं । साडियो मानेले निर्धारित समयमा पेनाल्टी चुकाए पनि सुटआउटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि सेनेगलले पहिलोपटक अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेको छ । क्यामरुनमा आइतबार राति भएको फाइनलमा सर्वाधिक ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ६० वर्षको पर्खाइपछि सेनेगल च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र […]
काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेले सहज जित हात पारेका छन् । बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पाराग्वेलाई ४-० ले पराजित गरेको हो । ब्राजिललाई फराकिलो जित दिलाउन राफिन्हा, फिलिपे कउटिन्हो, एन्टोनी र रोड्रिगोले गोल गरे । राफिन्हाले २८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ब्राजिलले […]
काठमाडौं । नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी परिवर्तन गरेका […]