होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • च्याम्पियन्स लिग फुटबलः चेल्सीको फराकिलो जित
खेलकुद

च्याम्पियन्स लिग फुटबलः चेल्सीको फराकिलो जित

  • नागरिक रैबार
च्याम्पियन्स लिग फुटबलः चेल्सीको फराकिलो जित

काठमाडौं, ८ मंसिर । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ ।मंगलबार राति भएको खेलमा चेल्सीले युभेन्ट्समाथि ४–० गोलको फराकिलो जित निकालेको छ ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा २५ औं मिनेटमा ट्रिभोअ चालोवाहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा रिस जेम्सले गोल गर्दा चेल्सीले अग्रता दोब्बर बनायो । लगत्तै ५८ औं मिनेटमा कलुम हड्सन ओडोइले गोल गर्दा चेल्सीको अग्रता तेब्बर बनेको थियो ।

विज्ञापन

त्यसपछि खेलको इन्जुरी समयमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए।यस जितसँगै चेल्सी ५ खेलमा १२ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ ।

१२ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै