होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रथम इर्मजिंङ बाजुरा क्रिक्रेट कपकाे उपाधि बुढीगंगालाई
बाजुरा बिशेष

प्रथम इर्मजिंङ बाजुरा क्रिक्रेट कपकाे उपाधि बुढीगंगालाई

  • नागरिक रैबार
प्रथम इर्मजिंङ बाजुरा क्रिक्रेट कपकाे उपाधि बुढीगंगालाई

प्रथम ईमर्जिङ बाजुरा क्रिकेट कपकाे उपाधि बुढीगंगा क्रिक्रेट क्लबले जितेकाे छ । आयोजक बडिमालिका क्रिक्रेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुढीगंगा क्रिकेट क्लवले उपाधी जित्न सफल भएकाे हो ।

१६ ओभरको खेलमा सबै विकेट गुमाएर ९२ रनमा समेटिएको आयोजकलाई बुढीगंगा क्रिक्रेट क्लबले १२ ओभरको समाप्तीमै १ विकेटको क्षतिमा लक्ष्य भेटाएर खेल जितेको हो । १० टिम सहभागि खेलमा सबै खेल जितेको बुढीगंगाले उपाधी सुरक्षित गरेको छ ।

उपाधी जितेसँगै बुढीगंगाले ५१ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेता बनेको आयोजक बडिमालिका क्रिक्रेट क्लबले २१ हजार १ सय ११ रुपैया ट्रफी र मेडल हात पारेको छ ।

विज्ञापन

खेलको म्यान अफ द सिरिज सुरेश खाती, वेष्ट बदर मदन जोशीले पाएका छन् । भने खेलमा सबैभन्दा बढी १९ छक्का प्रहार र सबैभन्दा बढी १४१ रन गरेका रमेश रावल पनि सम्मानीत भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार