होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडीको पाटनमा खुल्ला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि पाटन प्रिमियर लिग (पीपीएल) आयोजना हुन लागेको हो। प्रतियोगिताको प्रथम हुनेलाई ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यसैगरी दितिय पुरस्कार २२ हजार २ सय २२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले […]
काठमाडौं । इन्टर मिलानलाई उसकै मैदानमा २–० गोलले पराजित गरी लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ । प्रि–क्वाटरफाइनल चरणअन्तर्गत सान सिरोमा लिभरपुलका सब्स्टिच्युड रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले खेलको अन्त्यतिर गोल गरे । गोलरहित बराबरीतर्फ उन्मुख रहँदा ७५औं मिनेटमा फिर्मिनोले एन्ड्रयू रोबर्टसनको कर्नरमा हेड गोल गरे । त्यसको १० मिनेटपछि सलाहले बक्स भित्रबाट गोल […]
काठमाडौं । अजरवैजानी खेलाडी नुर्लान नाेभ्रुजाेभको निर्णायक गोलमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । साविक विजेता मछिन्द्रले सातदोबाटोलाई पराजित गरेपछि दुई खेल अगावै लिगको उपाधि रक्षा गरेको हो । यो जितपछि मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ । एक […]
काठमाडौं । दुई पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५१औं मिनेटमा रोनाल्डोले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । यस्तै ब्रुनोले इन्जुरी […]
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् । लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । […]
काठमाडौं । इंग्लिस क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । रियादमा शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मेरसलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । चेल्सीका लागि काई हाभार्टले ११७औं मिनेटमा निर्णायक गोल गरे । त्यसअघि खेलको ५४औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता […]
काठमाडौं । बाजुरा जिल्लाका परिचित फुटबल खेलाडी दिनेश रेग्मी बी डिभिजन लिग खेल्ने बाजुराको पहिलो खेलाडी बनेका छन्। विगत लामो समयदेखि बाजुरामा जिल्ला र क्षेत्रस्तरीय फुटबल खेल्दै आएका दिनेशले काठमाडौंका विभिन्न क्लबमा आबद्ध भएर फुटबल खेलेका थिए। उनी हाल यो वर्ष हुने म्यारिट मेमोरियल बी डिभिजन लिग खेल्नका लागि टुसाल क्लब बौद्धसँग आबद्ध भएका छन् […]
धनगढीमा आगामी फागुन २ गतेदेखि १४ गतेसम्म आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ को तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता आयोजना गर्नका लागि मैदान तयार गर्ने कामले तिव्रता पाएको आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए। धनगढीस्थित संघीय प्रहरी इकाइको खेल मैदान तयारी अवस्थामा […]
२५ माघ, काठमाडौं । फेब्रुअरी महिना नेपाली क्रिकेटको लागि व्यस्त महिना हुनेछ । १० महिनापछि अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुन नेपालले एक खुड्किलो पार गर्नुपर्नेछ । तर त्यो खुड्किलो अर्थात् ग्लोबल क्वालिफायरको अवस्था फरक छ र नेपालले त्यहाँसम्म तय गरेको बाटो पनि । यसअघि रिजनल (क्षेत्रीय) छनोट खेलेको नेपाल यो पटक सिधै ग्लोबल […]
काठमाडौं । साडियो मानेले निर्धारित समयमा पेनाल्टी चुकाए पनि सुटआउटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि सेनेगलले पहिलोपटक अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेको छ । क्यामरुनमा आइतबार राति भएको फाइनलमा सर्वाधिक ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ६० वर्षको पर्खाइपछि सेनेगल च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र […]
काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेले सहज जित हात पारेका छन् । बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पाराग्वेलाई ४-० ले पराजित गरेको हो । ब्राजिललाई फराकिलो जित दिलाउन राफिन्हा, फिलिपे कउटिन्हो, एन्टोनी र रोड्रिगोले गोल गरे । राफिन्हाले २८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ब्राजिलले […]
काठमाडौं । नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी परिवर्तन गरेका […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालबाट कुल १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको र त्यसमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ । खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८९६ र विदेशी […]
काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै नगद पाँच लाख हात पार्यो । उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ […]
२१ औँ शताब्दीमा पेनाल्टीबाट गोल गर्ने खेलाडीहरूको सूचीमा सबैभन्दा सफल खेलाडी क्रिस्टियानो रोनाल्डो बनेका छन् । पोर्चुगलका खेलाडीले करियरमा गरेका ८०३ गोलमध्ये ११४ वटा गोल उनले पेनाल्टीबाट गरेका हुन्। रोनाल्डोभन्दापछि रोमा तथा इटालीका पूर्व खेलाडी फान्सिस्को टोटी र अर्जेन्टिना तथा पेरिस सेन्ट जर्मेनका लियोनेल मेस्सी रहेका छन् । दुवै खेलाडीले पेनाल्टीबाट ७५–७५ गोल गरेका छन् […]
काठमाडौं । रियल मड्रिडले एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गर्दै सुपर कपको उपाधि जितेको छ ।आइतबार राति भएको फाइनलमा रियललाई जित दिलाउन लुका मोड्रिच र करिम बेन्जिमाले गोल गरे । रियलले १२औं पटक सुपर कपको उपाधि जितेको हो । बार्सिलोनाले सर्वाधिक १३ पटक यो उपाधि जितेको छ । साउदी अरेबियाको रियादस्थित किङ फायद स्टेडियममा भएको […]
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी– २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई सात विकेटले पराजित गरेको छ । हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । प्रदेश १ को हारसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ । सेमिफाइनल सम्भावना कायम राख्न प्रदेश १ लाई आज […]
काठमाडौं । स्पानिस सुपरको पहिलो सेमिफाइनलमा रियल मड्रिडले बार्सिलोनालाई उसैको मैदानमा ३-२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । फेडरिको भाल्भर्डेले अतिरिक्त समयमा निर्णायक गोल गरेपछि रियलले बार्सिलोनालाई पराजित गरेको हो । साउदी अरेबियाको रियादस्थित किङ फाहद इन्टरनेशनल स्टेडियममा भएको खेलमा रियलले दुई पटक अग्रता बनाउँदा बार्सिलोनाले पुनरागमन गरेको थियो । खेलको २५औं मिनेटमा […]
अर्जेन्टिना– स्टार खेलाडी लियोनल मेस्सी कोभिड–१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीको कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएको छ । क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै कारण […]
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँभर कप्तान बन्नुपर्छ भन्ने मान्यतामा नरहेको बताएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेकाे बन्द प्रशिक्षणमा सहभागी भएका उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू कप्तान हुँदा वा नहुँदा पनि राष्ट्रका लागि खेल्ने बताए । ‘म सधैँभरि कप्तान बन्नुपर्छ भनेर आएकाे हाेइन र हुनुपर्छ भन्ने […]