होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • खेलकुदमय बन्दै चैत महिना
देश/प्रदेश

खेलकुदमय बन्दै चैत महिना

  • नागरिक रैबार
खेलकुदमय बन्दै चैत महिना

काठमाडौं । कोरोना महामारीको असर घट्दो क्रममा रहँदा घरेलु तथा अन्तर्राष्ट्रिय खेल गतिविधि बढ्न थालेका छन् । लामो समय प्रतियोगिताविहीन रहेका खेलाडीको व्यस्तता बढ्दैछ ।

माघ महिनाको अन्त्यतिर कोरोना महामारीको तेस्रो लहर कम हुन थालेपछि फागुनमा पनि खेलकुद चहलपहल थियो । चैतमा भने नेपाली खेलकुद धेरै नै व्यस्त हुँदैछ । एक हिसावले भन्ने हो भने चैत महिना खेलकुदमय हुँदैछ । डेढ दर्जनभन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता यो महिना आयोजना हुँदैछन् ।

फुटबल, क्रिकेट, भलिबललगायतस समूहगत खेलको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता यही महिनामा निर्धारित छन् । पल्सर स्पोर्टस अवार्डदेखि वागमती प्रदेश खेलकुद पनि यही महिनामा जुरेको छ ।

विज्ञापन

फुटबलतर्फ मोफसलमा गोल्डकपको सिजन सुरु भएको छ । धनगढीमा खप्तड गोल्डकप र झापामा झापा गोल्डकप चलिरहेको छ । ललितपुर मेयर कप वुमन्स टी२० च्याम्पियनसिप पनि फागुनमै सम्पन्न भइसकेको छ । राष्ट्रिय क्रिकेट टिम चैतमा सबैभन्दा व्यस्त हुनेछ । यस्तै फुटबल टिमले पनि चैतमा मैत्रीपूर्ण खेल खेल्नेछ ।

यस बाहेक राष्ट्रिय स्तरमा पनि विभिन्न प्रतियोगिताहरु हुनेछ । अनी नेपालको पहिलो प|mेन्चाइज लिग नेपाल सुपर लिग -एनएसएल)को दोस्रो संस्करण पनि चैत अन्तिममा सुरु हुनेछ । ए डिभिजन लिग च्याम्पियन मछिन्ऽ एफसीले पहिलो पटक एएफसी कपको प्रारम्भिक चरण यही महिना खेल्दैछ ।

यही फागुन २८ गतेदेखि हेटौँडामा बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु हुनेछ । जुन चैत महिनासम्म चल्नेछ । यसमा विभिन्न खेलकुद समावेश गरिएको छ ।

सबैभन्दा व्यस्त क्रिकेट

नेपाली राष्ट्रिय क्रिकेट टिमले चैतमा तीन वटा श्रृंखला खेल्नेछ । आईसीसी क्रिकेट विश्वकप लिग टू को त्रिकोणात्मक श्रृंखला युएईमा चैत १ देखि ८ गतेसम्म सञ्चालन हुनेछ ।

उक्त श्रृंखलामा नेपाल र युएईसहित पपुवा न्यु गिनीले खेल्नेछन् । नेपालले पहिलो खेल चैत २ गते पीएनजीसँग खेल्नेछ । यस्तै नेपालले चैत ४ गते युएई, चैत ७ गते युएई र चैत ८ गते पीएनजीसँग खेल्नेछ ।

स्वदेश पर्किएलगत्तै नेपालले घरेलु मैदानमा एकदिवसीय र टी२० त्रिकोणात्मक श्रृंखला खेल्नेछ । नेपाल र पपुवा न्युगिनीबीच चैत ११ र १२ गते दुई एकदिवसीय खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपाल, पपुवा न्यु गिनी र मलेसिया सम्मिलित टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक श्रृंखला चैत १४ देखि २१ गतेसम्म त्रिवि मैदानमै हुँदैछ ।घरेलु प्रतियोगितातर्फ यू-१९ महिला क्रिकेट प्रतियोगिता धनगढीमा चैत ६ देखि ११ गतेसम्म आयोजना हुँदैछ ।

फुटबल : मैत्रीपूर्ण खेलदेखि साफ महिला यू-१८ च्याम्पियनसिप

अर्को लोकपि्रय खेल फुटबलको गतिविधि पनि चैत महिनामा थुप्रै छन् । राष्ट्रिय टिम, उमेर समूहदेखि क्लब फुटबल र ‘बी’ डिभिजन लिगका खेलहरु हुनेछन् ।

नेपाली महिला यू-१८ टिमले भारतको जम्सेदपुरमा चैत १ देखि १० गतेसम्म साफ च्याम्पियनसिप खेल्दैछ । प्रतियोगितामा नेपाल, घरेलु टोली भारत र साविक विजेता बंगलादेश सहभागी हुनेछन् । तीन टिमबीच डबल राउण्ड रोविनको आधारमा खेल हुनेछ । नेपालले भारत र बंगलादेशसँग दुई-दुई खेल खेल्नेछन् ।

नेपालले चैत १० गते फिफा वरीयतामा ५५ स्थान माथिको थाइल्याण्डसँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । चैत १३ गते नेपाली टोलीले थाइ लिगमा शीर्ष डिभिजनको क्लब चोनवुरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्दैछ ।

ए डिभिजन लिग च्याम्पियन मछिन्ऽ ले चैत २२ गते एएफसी कपको प्रारमम्भिक चरणको खेल श्रीलंकाको ब्लु स्टारसँग खेल्नेछ । दशरथ रंगशालामा हुने यो खेल जितेमा मछिन्ऽले चैत २९ गते एटिके मोहन बगानसँग भारतमा गएर खेल्नुपर्नेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा चैतमै राष्ट्रिय महिला लिग पनि सुरु हुनेछ । ८ टिम सहभागी हुने लिगको पहिलो चरण चैत १० देखि ३० गतेसम्म चितवनको भरतपुरमा सञ्चालन हुनेछ ।
एन्फाकै आयोजनामा १८ फागुनदेखि सुरु भएको शहीद स्मारक बी डिभिजन लिग चैत २७ गतेसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चालन हुनेछ ।

नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा नेपाल सुपर लिगको दोस्रो संस्करण २६ चैतमा सुरु हुनेछ । यस पटक तीन नयाँ टिम थपिएपछि सुपर लिगमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । १० वटै टिमले यसअघि नै मार्की खेलाडी घोषणा गरिसकेका छन् भने २० फागुनमा भएको अक्सनबाट हरेक टिमले मार्कीबाहेक १५-१५ खेलाडी अनुबन्धन गरिसकेका छन् ।

भलिबल : एनभीए क्लब लिग काठमाडौंमा, बीच भलिबल पाल्पामा

नेपाल भलिबल संघले हरेक वर्ष आयोजना गर्ने एनभीए क्लब लिग भलिबलको पछिल्लो संस्करण चैत महिनामा आयोजना हुने भनिए पनि मिति निर्धारण गरिएको छैन । गत असोजमा भएको क्लब च्याम्पियनसिपबाट छानिएका टोलीबीच लिग आयोजना हुन लागेको हो ।

नेपाल भलिबल संघको सहयोगमा सन्जय स्मृति प्रतिष्ठानले पाल्पाको रानीमहल परिषरमा महिला बीच भलिबल आयोजना गर्दैछ । एक दशकपछि राष्ट्रियस्तरको बीच भलिबल आयोजना हुन लागेको हो । चैत २४ देखि २६ सम्म आयोजना हुने यो प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको सातौं संस्करण चैत १० देखि १४ गतेसम्म नेपालगन्जमा हुँदैछ ।

अन्य खेलकुद

स्कुल लेभलदेखि नै बक्सिङ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित चैत पहिलो साता राष्ट्रव्यापी ब्वाइज एण्ड गल्र्स स्कुलस्तरीय बक्सिङ प्रतियोगिता हुनेछ ।

नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोग एवं खेलकुद प्रवर्द्धन संस्था नेपाल -स्पोन) को आयोजनामा चैत ५ देखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा स्कुल बक्सिङ प्रतियोगिता हुनेछ । जहाँ १२ देखि १४ वर्षसम्मका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । चैत २६ गते जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना हुनेछ ।

चैत महिनामै नेपाली खेलक्षेत्रको सबैभन्दा ठूलो र बहुप्रतीक्षित स्पोर्टस अवार्ड पनि हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्च -एनएसजेएफ) को बयोजनामा १८औं पल्सर स्पोट्र्स अवार्ड ८ चैतमा कमलादीस्थि प्रज्ञा भवनमा आयोजना हुनेछ ।

खेलकुद तालिका

आईसीसी क्रिकेट विश्वकप लिग टूः चैत १-८, यूएई

नेपाल र पपुवा न्युगिनी एकदिवसीय शृंखलाः चैत ११ र १२ गते, त्रिवि मैदान

नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० श्रृंखलाः चैत १४-२१ गते, त्रिवि मैदान

साफ यू-१८ महिला च्याम्पियनसिपः चैत १-१० गते, जम्सेदपुर, भारत

एएफसी कप प्रारम्भिक चरणः मछिन्ऽ एफसी भर्सेस ब्लूस्टार श्रीलंका- चैत २२ गते, दशरथ रंगशाला

नेपाली राष्ट्रिय फुटबल टिमको मैत्रीपूर्ण खेलः थाइल्याण्डविरुद्ध चैत १०, चोनवुरी एफसीविरुद्ध चैत १३ गते ।

राष्ट्रिय महिला लिगः चैत १०-३० गते, भरतपुर, चितवन ।

बी डिभिजन लिगः चैत २७ गतेसम्म, एन्फा कम्प्लेक्स, सातदोवाटो ।

बीच भलिबलः चैत २४-२६ गते, रानीमहल पाल्पा

नेपाल सुपर लिग- चैत २६ गते, काठमाडौं

जुम्ला रारा अल्ट्रा म्याराथनः चैत २६ गते, जुम्ला, मुगु

पल्सर स्पोट्र्स अवार्डः चैत ८, प्रज्ञा भवन, काठमाडौं

प्रदेश खेलकुदः फागुन २८- चैत १२, हेटौंडा

विद्यालयस्तरीय बक्सिङः चैत ५-७ गते, काठमाडौं

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबलः चैत १०-१४, नेपालगन्ज

यू-१९ राष्ट्रिय महिला क्रिकेटः चैत ६-११, धनगढी

अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार