होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत ९ देखि
समाचार

राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत ९ देखि

  • नागरिक रैबार
राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत ९ देखि

काठमाडौं। भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

भक्तपुरको लिवालिस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ स्पर्धा समावेश छन् । सबैमा नगद पुरस्कार राखिएको छ । यु-१५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

विज्ञापन

पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पार्ने छन् । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै अध्यक्ष प्रजापतिले भने– ‘राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न, आपसी सम्बन्ध र भाइचारा विकास गर्न, खेलाडीलाई शारीरिक एवं मानसिक रुपमा स्वस्थ राख्न, खेलाडीलाई कुलत र दूव्र्यसनबाट टाढा राख्न, कोरोना भाइरसका कारण प्रभावित आन्तरिक पर्यटनलाई उकास्न र खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउन प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य हो ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार