होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सन् १९८६ को विश्वकपमा इंग्ल्याण्डविरुद्ध हातले गोल गर्दा स्वर्गीय डिएगो म्याराडोनाले लगाएको जर्सी विश्व खेलकुद जगतकै महंगो मूल्यमा लिलामी भएको छ । बुधबार अक्सानमार्फत अर्जेन्टिनी सुपरस्टारले लगाएको जर्सी ७.१४ मिलियन पाउन्ड (८.९३ मिलियन डलर)मा बिक्री भएको हो । विश्वकप क्वाटरफाइनलमा उनले सो जर्सीलगाएका थिए । मेक्सिकोमा भएको विश्वकपको सो खेलमा सोही जर्सी लगाएर […]
काठमाडौं । नेपाल र जिम्बाब्बे ए टिमबीचको अन्तिम टी-२० खेल नेपालले ८ विकेटले पराजित गरेको छ ।यससँगै तीन टी-२० खेलको सिरिज १/१ को बराबरी भएको छ । पहिलो खेल जिम्बाब्बे ए ले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो । बुधबार भएको अन्तिम खेलमा त्रिवि क्रिकेट मैदानमा जितको लागि १३७ रनको लक्ष्य […]
काठमाडौँ — कीर्तिपुरमा जारी दोस्रो टी-२० अन्तर्गत नेपाल र जिम्बावे ‘ए’ बीचको खेल वर्षाका कारण स्थगित भएको छ ।खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावे ‘ए’ ले ४८ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो । आइतबार नेपालसँग भएको पहिलो खेलमा भने जिम्बावे ‘ए’ले ६ विकेटले जित हात […]
पहिलो टी-२० खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गर्यो। नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।जिम्बावेका लागि कप्तान टोनी मुनयोङ्गा र ताडिवानाशे मारूमानीले अर्धशतक प्रहार गरे। मुरूमानीले ५६ रन र कप्तान टोनीले ५० रन जोडे। त्यसअघि […]
काठमाण्डौं । शहिद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्टस् क्लबले दोश्रो जित निकालेको छ ।सातदोबाटोस्थित एन्फा मु्ख्यालयको मैदानमा शनिबार ओसिस क्लबबिरुद्ध भएको पहिलो खेलमा रानीवन स्पोर्ट्स क्लबे पुनरागन गर्दै २–१ गोल अन्तरको जित निकालेको हो । रानीवनको जितमा विक्रम जीटी र कुवेरबहादुर सिंह एक एक गोल गरे भने ओसिसका लागि दिपेश विकेले एक गोल गरेका […]
काठमाडौं । म्यानचेष्टर सिटी एक दिनपछि नै प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लेको हो । सिटीले लिभरपुललाई १ अंकले पछि पारेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो । सिटीका […]
वैशाख ९ देखि सुरू हुने सहिद स्मारक सी डिभिजन लिगमा सहभागी क्लबले तयारी खर्चस्वरूप पाउने पहिलो किस्ता एक साताभित्र उपलब्ध गराउने निर्णय भएको छ। आज अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा बसेको बैठकले पहिलो किस्तास्वरूप पाउने ५ लाख रूपैयाँ एक साताभित्र उपलब्ध गराउने निर्णय गरेको हो। बैठकमा लिग कमिटीका निर्देशक सन्जिव […]
मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । देशकै सर्वाधिक धनराशिको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले […]
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गरेको छ । बैंगलोरको यस जितमा कप्तान फाप डु प्लेसीको ९६ रनको योगदान महत्वपूर्ण रह्यो । टस हारेर पहिले ब्याटिङ थालेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । बैंगलोरको सुरुवात राम्रो थिएन । उसले […]
काठमाडौं । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेजले आफूहरुको नवजात छोराको निधन भएको जानकारी दिएका छन् । सोमबार रोड्रिगेजले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । तर छोराको भने जन्मने वित्तिकै निधन भएको थियो ।जन्म भएका बच्चाहरुमा छोरीमात्र जिवित रहेको उनीहरुले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । रोनाल्डो दम्पतीले […]
काठमाडौं । स्पानिस ला लिगामा सोमबार राति भएको खेलमा दोस्रो स्थानको बार्सिलोना काडिजसँग घरेलु मैदानमै १-० ले पराजित भएको छ ।बार्सिलोनाको यो अप्रत्यासित हारपछि शीर्ष स्थानको रियल मड्रिडलाई उपाधि जित्न अझ सजिलो भएको छ । काडिजलाई जिताउन लुका पेरेजले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए ।डिसेम्बर ४ यता लिगमा बार्सिलोनाको यो पहिलो हार हो र […]
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा क्लब र देशका लागि थुप्रै कीर्तिमानहरू बनाएका छ । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डो आफ्नो फुटबल अर्काे नयाँ कीर्तिमान बनाएका छन् । उनी अब क्लब फुटबलमा लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडी बनेका छन् । शनिबार भएको प्रिमियर लिग अन्तर्गत चर्विच सिटी विरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए […]
अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोट आज शुक्रबार हुँदैछ । यसअघि एन्फाको निर्वाचन समितिले फागुन २४÷२५ गते भित्र निर्वाचन भइसक्ने बताएको थियो । एन्फाको विशेष साधारणसभाले पारित गरेको समयमा नै प्रतिनिधि छनोट हुन नसक्दा एन्फाको आलोचना भएको थियो । एन्फा पदाधिकारी र निर्वाचन समितिले प्रतिनिधि […]
काठमाडौँ- नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज “ह्याक” भएको छ । बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ । पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने […]
काठमाडौं । टिममा यस्ता सदस्य पनि हुन्छन्, जो टिममै रहेका स्टारका अघि सधैं छायामा पर्छन् । तर जब स्टार सदस्यले छाड्छन् । त्यसपछि छायामा परेका पात्र चम्किन्छन् । त्यसरी चम्किने पात्र बनेका छन्, स्पेनिस फुटबल क्लब रियल मड्रिडका करिम बेञ्जेमा । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रहँदासम्म सधैं छायामा परेका बेञ्जेमा रोनाल्डो युभेन्टस उडेपछि चम्किएका छन् […]
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलवार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा मन्त्री गहतराज र राजदूत गोवीले दुई देशबीचको पारस्पारिक सम्बन्ध […]
काठमाडौं । सामुएल चुकवसएजेले खेल सकिन दुई मिनेटअघि गोल गरेपछि जर्मन क्लब बायर्न म्युनिखलाई आउट गर्दै स्पेनको भियारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दुई लेगको क्वाटरफाइनलमा भियारियलले बायर्नलाई २-१ ले हरायो । त्यसमा दोस्रो लेगको अन्तिममा उनै सामुएलले गरेको गोल निर्णायम बन्यो । सन् २००६ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा आर्सनलसँग पराजपत भएयता भियारियल […]
दोस्रो हाफमा तीन वटा पेनाल्टी पाएको लेभान्टेलाई हराउँदै बार्सिलोनाले स्पेनिस लालिगामा रोमाञ्चक जित हात पारेको छ।इन्ज्युरी समयको अन्तिम मिनेटमा लुक डि जोङले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लेभान्टेमाथि ३-२ को रोमाञ्चक पूनरागमन जित निकालेको छ। भ्यालेन्सियामा आइतबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लुक डि जोङ, पिएरे इमरिक औवामियाङ र पेड्रीले गोल गरे। घरेलु […]
काठमाडौं । थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३-२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् ।उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी […]
नागरिक रैबार/बाजुरा २७ चैत्र । बाजुराको रानीवन स्पोर्टस क्लब सि डिभिजन खेलका लागि राजधानी पुगेको छ । सि डिभिजन लिग छनोटपछि पहिलो पटक रानीवन सि डिभिजन खेल्न बाजुराबाट राजधानी पुगेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने सि डिभिजन लिगको खेल यही चैत्र २९ गतेबाट सुरु हुदैछ । रानीवन यसैवर्ष सि डिभिजनको लिग […]