होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बार्सिलोना बराबरीमा रोकियो
समाचार

बार्सिलोना बराबरीमा रोकियो

  • नागरिक रैबार
बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपा लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा टर्किस क्लब गालातासारेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । फ्रेन्की डे जोङ र मेम्फिस डिपाएले अवसर पाएपनि फिनिसिङ गर्न सकेनन् ।

बार्सिलोना र गलातासारेबीचको दोस्रो लेग अर्को हप्ता गलातासारेको मैदानमा हुनेछ ।युरोपालिग अन्तर्गत नै अन्य खेलमा फ्रेन्च क्लब मोनाको ब्रागासँग २-० ले पराजित भयो ।

विज्ञापन

यस्तै इटालियन क्लब एट्लान्टाले जर्मन क्लब बायर लेभरकुसेनलाई ३-२ ले तथा रेन्जर्सले एफक्रेभेनालाई ३-० ले हराएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार