होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं: फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज शनिवार मनोनयन दर्ता गरिँदैछ। निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयन दर्ताको समय तोकिएको छ। मनोनयन दर्ताको पूर्व सन्ध्यामा शुक्रवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत ८ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका छन्। शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ […]
काठमाडौँ — नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तागठबन्धन तोडेको बताएका छन् । कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउने निर्णय गरेर गठबन्धन तोडेको बताएका छन् । ‘राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार बनाउने निर्णय गरेर प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भएको छ’ ज्ञवालीले भने । उनले ८ राजनीतिक दलका पछिल्लो निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेको […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका मन्त्रीलाई बर्खास्त गर्ने संकेत गरेका छन् ।राष्ट्रपतिको विषयमा निर्णय लिन बसेको कांग्रेससहितको दलहरुको बैठकमा प्रचण्डले परिवर्तन उल्टाउन खोज्ने शक्तिहरुसँग सहकार्य गाह्रो भएको भन्दै अब नयाँ समीकरण बनाएर अघि बढ्ने आफ्नो चाहना रहेको बताएका हुन् । प्रचण्डले एमालेसँगको सहकार्य योभन्दा अघि जान नसकेको उल्लेख गर्दै अब नयाँ समीकरण बनाएर […]
नागरिक रैबार/बाजुरा १२ फागुन।बाजुरामा आजबाट १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूरू भएको छ ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता क्षेडेदह गाउँपालिका ७ स्थित दशरथ माविको खेलमैदानमा सूरू गरिएको हो । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र खप्तड क्षेडेदह गाउँपालिकाको सह आयोजनामा गरिएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला […]
बाजुरा– जिल्लाको बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ । बुधबार वडामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उक्त लक्षण भएका सात बालबालिका उपचारमा आएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी विन्दु विष्टले बताएकी छन्। ती बालबालिका अम्कोट गाउँका एउटै टोलका हुन् । जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको विष्ट बताउँछन् । उनीहरुलाई ज्वरो […]
सप्तरी । सप्तरीमा आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढाको बन्दीलाल भगतको श्रीमती ५० बर्षिया दरोपति कुमारी भगतको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । भगत आफ्नै घर पछाडि बाटोमा बालेको आगो ताप्ने क्रममा आगो लाग्दा घाइते भएकी थिइन् । साडीमा आगो सल्की छाति देखि […]
नागरिक रैबार/बाजुरा ११ फागुन।बाजुरामा साँस्कृतिक महोत्सव हुने भएको छ । फागुन १९ गते बाट प्रथम खप्तड मालिका कृषि, पर्यटन, सँस्कृति तथा व्यापार महोत्सव हुने आयोजकले बताएको छ । कारोनाकाल पछि बाजुरामा महोत्सव हुन सकेका छैनन् । फागुन १९ देखि २७ गतेसम्म ९ दिनसम्म महोत्सव आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । आयोजक खप्तड […]
नागरिक रैबार/बाजुरा १० फागुन।बैंक तथा वित्तिय संस्थाहरुले एक्कासी कर्जाको व्याजदर वृद्धि गरेको भन्दै बाजुरा उद्योग बाणिज्य संघका व्यवसायीहरु आन्दालित भएका छन् । कोभिड महामारीको प्रभावले व्यवसायमा मन्दी आएको र आर्थिक तरलताको समस्या झेलिरहेका उद्योगी तथा व्यवसायीहरुलाई आघात पुग्ने गरी बैंक तथा वित्तिय संस्थाहरुले एक पक्षीय रुपमा अनुचित ढंगले कर्जाको व्याजदर वृद्धि गरेपछि बाजुराका व्यवसायीहरु मर्कामा […]
नागरिक रैबार/बाजुरा १० फागुन।बाजुरामा भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउसो १ः ४५ बजेको समयमा ५ दशमल २ रेक्टर स्केलको भुकम्प गएको हो । आज गएको भूकम्पको केन्द्रबिन्दु पनि बाजुराकै हिमाली गाउँपालिका आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्प पछि सदरमुकाम मार्तडी लगायतका स्थानियहरु त्रसित भएका छन । यस […]
काठमाडौँ – हास्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिने भएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी दिँदै हास्य विधामा केही नयाँ काम गर्न खोजेको जानकारी दिए । यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको सो कार्यक्रम अब भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कि इन्टरटेन्मेन्ट […]
दैलेख : नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति नहुने बताएका छन्। राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका एमाले सचिव भट्टराईले नेपालको राष्ट्रपतिमा प्रस्ताव आए एमाले लचक हुने बताएका हुन्। ‘कांग्रेसको राष्ट्रपति हुने कुराको कुनै पनि औचित्य छैन्, माधव नेपाल जी हुनुहुन्छ भने ठिक छ, उहाँले कांग्रेस माओवादी लगाएतका दलको समर्थन लिनुहुन्छ […]
काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको […]
नागरिक रैबार/बाजुरा ८ फागुन।सुदूरपश्चिम प्रदेश सभाकी सांसद जुना कुमारी दानीले चुनावमा जनतासंग गरेका बाचा अवको पाँच वर्ष भित्र पुरा गर्ने गरी प्रदेशमा काम गर्ने बताएकी छन् । सोमबार जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको परिचयात्मक तथा सुझाव सल्लाह कार्यक्रममा प्रदेश सांसद दानीले सो कुरा बताएकी हुन् । चुनावताका बेला गाउँ-गाउँमा गएर जनतालाई विकासका आश्वासन बाढ्यौं, जनताको आश्रिवादले […]
नागरिक रैबार/बाजुरा ८ फागुन।जिल्लाको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०७८/८९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बडीमालिका नगरपालिकाको आयोजना र नेश्नल युथ फेडरेशन नेपाल बाजुराको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष ०७८/०७९मा नगरपालिकाले संचालन गरेका कामहरुको प्रभावकारीता र नगरमा सम्पन्न भएका क्रियाकलापहरुको बारेमा जानकारी गराईएको थियो । नगरले […]
ओखलढुंगा — छुवाछूत घटनामा कानुनविपरीत मेलमिलाप गराएर प्रहरी, प्रशासन र पालिका प्रमुखले दोषीलाई उन्मुक्ति दिएका छन् । सिद्धिचरण–४ रुम्जाटारमा शनिबार दलित समुदायलाई शिव मन्दिर प्रवेश गर्न नदिइएको घटना प्रजिअ प्रदर्शनी कुमारी, नगर प्रमुख तेजन खनाल, डीएसपी दीपकबहादुर केसी, वडाध्यक्ष रत्नबहादुर गुरुङलगायतले मेलमिलाप गराएका हुन् । राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले संविधान र ऐनविपरीत मिलापत्र भएको बताए । […]
नागरिक रैबार/बाजुरा ८ फागुन। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश कुमार शाही गृह जिल्ला बाजुरा आउने भएका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्रीमा नियुक्त भएपछि शाही पहिलोपटक गृह जिल्ला बाजुरामा आउन लागेका हुन् ।मन्त्री शाही आज धनगढीबाट हवाइजहाज मार्फत कोल्टी आउने कार्यक्रम रहेको नेकपा एकिकृत समाजवादी पार्टी बाजुराले बताएको छ । बाजुराको प्रदेश सभा (क) बाट […]
काठमाडौँ । यही फागुन १३ गते राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेर फागुन २५ गते चुनाव हुने कार्यतालिका छ । ‘हेड अफ स्टेट’ अर्थात् सेरेमोनियल राष्ट्रपति पदको चुनावलाई व्यापक चासोका साथ हेरिएको छ ।राष्ट्रपति पदलाई प्रतिष्ठाको विषय बनाउँदा एमाले, माओवादी केन्द्र सहितको सात दलीय गठबन्धन फेरिने आशङ्का गर्न थालिएको छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस […]
नागरिक रैबार/बाजुरा ६ फागुन।जिल्लाको बडीमालिका नगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरी बलमा आवद्ध हुने युवाहरुका लागि तयारी कक्षा संचालन गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम अनुसार नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरीमा आवद्ध हुन् चाहनेहरुलाई नगरपालिकामै तयारी कक्षा संचालन गर्ने भएको हो। नगरपालिकाले एक सूचना जारी […]
नागरिक रैबार/बाजुरा ५ फागुन। नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट महासचिवमा बाजुराका नरेश रोकाया निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार महासचिवमा रोकायाले सात सय ३३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । त्यस्तै अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।उनले निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । […]
नागरिक रैबार/बाजुरा ४ फागुन।जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खप्तड क्षेडेदह गाउँपालिकाको दशरथ माविमा संचालन हुने भएको छ । जिल्ला खेलकुद समिति बाजुरामा आज बसेको पदाधिकारीको बैठकले यस वर्षको जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खप्तड क्षेडेदहमा संचालन गर्ने निणर्य गरेको छ । बैठकले यही फागुन १२ देखि १४ गतेसम्म प्रतियोगिता […]