होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववियुले भाेलि यातायात, शैक्षिक संस्था, बजार र कार्यालय बन्द गर्ने
समाचार

अनेरास्ववियुले भाेलि यातायात, शैक्षिक संस्था, बजार र कार्यालय बन्द गर्ने

  • नागरिक रैबार
अनेरास्ववियुले भाेलि यातायात, शैक्षिक संस्था, बजार र कार्यालय बन्द गर्ने

नागरिक रैबार
बाजुरा ३ पुस ।
नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले भाेलि देखि यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैर सरकारी कार्यालय बन्द गर्ने भएकाे छ ।
अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन दिप अयडीका हत्यारालाई महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ नगरि चरम लापरबाही गरेकाे भन्दै बाजुरामा भाेलि विहान ५ बजेबाट यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय र बजार बन्द गर्न लागेकाे अनेरास्ववियुका लक्ष्मण राेकायाले बताएका छन् ।
चेतन ऐडीको न्यायको लागि हिजाे साँझ ४ बजेबाट बाजुरामा यातायात सेवा अनिश्चितकालको लागि बन्द गरेकाे थियाे ।
चेतनकाे न्यायकाे पक्षमा गरेकाे याे आन्दोलनलाई सम्पूर्ण बाजुरा वासीहरूले सहयोग गरिदिन अनेरास्ववियु बाजुराले आग्रह गरेकाे छ ।
गएकाे मंसिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन साँझ घरमा सुतिरहेका चेतनलाई काँग्रेस कार्यकर्ताहरूले घरभित्रै गएर बीभत्स हत्या गरेकाे भन्दै चेतनका बुवा गगन अयडीले २२ जना विरूद्व जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने जाहेरीमा नाम उल्लेख भएका २२ मध्ये १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार