होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुलमा मर्यादित महिनावारी दिगोपना कार्यशाला गोष्ठी
समाचार

गौमुलमा मर्यादित महिनावारी दिगोपना कार्यशाला गोष्ठी

  • नागरिक रैबार
गौमुलमा मर्यादित महिनावारी दिगोपना कार्यशाला गोष्ठी

नागरिक रैबारबाजुरा २१ मंसिर। गौमुल गाउँपालिकामा मर्यादित महिनावारी दिगोपना कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।कोईकाको आर्थिक सहयोग तथा गुडु नेवर्स इन्टरनेशनल, किर्डाक र पिसविन नेपालको आयोजनामा संचालन भईरहेको स्वास्थ्य अधिकार सुधार परियोजनाको उक्त गोष्ठी गौमुलमा सम्पन्न भएको हो ।

परियोजनाले गौमुलमा विशेष गरी विद्यालयमा अध्ययनरत महिनावारी किशोरीहरुको सुविधाका लागि विद्यालयमै प्रविधिमैत्री शौचालय निर्माण गरेपछि महिनावारी भएको बेला समेत विद्यार्थीहरु नियमित विद्यालयमा जाने गरेको किशोरी रमना रोकायाले कार्यशाला गोष्ठीमा बताएकि छन् ।

३ वर्षमा परियोजनाले महिनावारी सम्बन्धी समाजमा भेदभाव न्यूनीकरण गरी समुदायको चेतनामा अभिवृद्धि गर्नुका साथै महिनावारी किशोरीहरुको व्यवहारमा समेत परिर्वतन भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् । परियोजना सकिएपनि परियोजनाले गरेका कामहरुलाई थप प्रभावकारी बनाउँदै अगाडी बढ्ने गाउँपालिका अध्यक्ष रोकायाको भनाईछ ।

विज्ञापन

पालिकामा आयोजना गरिएको कार्यशाला गोष्ठीमा गाउँपालिकाका उपाध्यक्ष सीता थापाले पालिका भित्रका महिनावारी किशोरी र महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गरी आगामी दिनमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

स्वास्थ्य अधिकार सुधार परियोजना बुढिगंगा, त्रिवेणी, बडीमालिका, खप्तड क्षेडेदह र गौमुल गाउँपालिकामा सन २०२० देखि २०२२ सम्म संचालन गरिएको परियोजना संयोजक देवेन्द्र शाहले बताएका छन् ।परियोजनाले ३ वर्षको अवधिमा समुदायमा रहेका बालबालिका र उनिहरुका परिवार तथा समुदायको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार