होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मोरङ, साउन ११ । बाढीका कारण मोरङमा अहिलेसम्म २ सय ७५ परिवार विस्थापित भएका छन्। विराटनगर महानगरपालिका–१२ मा मात्रै ६० मुसहर परिवार विस्थापित भएका छन्। शुक्रबार वर्षापछि केसलिया खोलामा बाढी आउँदा विराटनगर महानगरपालिका–६ रामपुरमा बाँध भत्केर गाउँ पस्दा वडा नम्बर ६, १२ र १६ का विभिन्न गाउँ डुबानमा परेका छन्। केसलियाको बाढी ब्रम्हपुरा बस्तीमा पस्दा […]
काठमाडौं, साउन ११ । मनसुनपछिको विपदबाट कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना छन् । यस्तै, बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका […]
काठमाडौंं – तीजका गीत घन्किन थालिसकेका छन्। रेडियो, टेलिभिजनदेखि यूट्युब र अन्य सामाजिक सञ्जालमा तीजका गीतले स्थान जमाउँदै छन्। लोकदोहोरी क्षेत्रका गायक–गायिका, मोडलदेखि भिडियो निर्देशक, छायांकार, भिडियो सम्पादकसम्म तीजका गीतमा ब्यस्त छन्। धेरैले तीजका गीत सार्वजनिक गरिसकेका छन्। कोही सार्वजनिक गर्ने अन्तिम तयारीमा छन्। यद्यपी विगतका वर्षको तुलनामा यसवर्ष तीजका गीतको रेकर्डिङ र भिडियो निर्माणमा […]
भैरहवा : प्रदेश ५ सरकारले समयमा योजना सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो म्याद थपिदिएर ‘प्रोत्साहन’ दिएको छ। असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने प्रदेश मातहतका थुप्रै योजना सम्पन्न नभए पनि असार २६ गते मन्त्रीस्तरीय बैठकबाट म्याद थपको बाटो खोलिदिएको हो। बैठकले एकातिर ठेकेदारलाई कारबाही गर्ने र अर्कोतिर म्याद थप गरेर काम अघि बढाउने दोहोरो निर्णय गरेको छ। […]
९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको […]
राम बहादुर बि.क/साउन ९ बाजुरा। जिल्ला खलिया समाज बाजुराले विभिन्न ६ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने मार्फत प्रधामन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । दशकौं देखि खलो माग्दै गुजारा चलाइए रहेका खलियाहरुको समस्या जस्ताको तस्तै भएकाले खलियालाई पनि अन्य सो सरहका अधिकार संविधानमा उल्लेख गर्र्नुपर्ने माग सहित पुनःस्थापनाका लागि प्रमुख […]
काठमाडौं । सशस्त्र प्रहरीका १५१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी मुख्यालयले मंगलबार साँझ एक सूचना प्रकाशित गर्दै १ सय ५१ जना डीएसपीको सरुवा गरिएको जानकारी दिएको हो । सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार गरेको निर्णय अनुसार साउन महिनाको तलब भत्तासमेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी […]
बैतडी: बैतडीको खोड्पेमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने पाटन नगरपालिका ८ खोड्पेको बन्तड भन्ने भीरमा १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर दुर्घटनामा परेको हो । जिप भीरबाट झण्डै अढाईसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले […]
अनिल शाही/बाजुरा ७ असार। बाजुराको कोल्टीमा स्थापना भएको राष्ट्रिय बाणिज्य वैंकले आज देखि ईलोक्ट्रोनिक्स चेक किलियरीङ्ग मेसीन जडान गरेपछि अन्य निजि बैंकमा चेक समेत साँटिने भएका छन । राष्ट्रिय बािणज्य बैंक कोल्टीमा विभिन्न बैंकका चेकहरु आउने र सर्वसाधारण लाई अन्य बैंकका चेक साट्न समेत मार्तडी नेपालगन्ज लगाएत विभिन्न ठाउँहरुमा जानु पर्ने बाध्यता थियो । सर्वसाधारणले […]
प्रमित बि . क/ बाजुरा, साउन ७ । गौमुल गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा पहिलो पटक इन्टरनेट जडान गरिएको छ ।, गौमुल गाउँपालिकालाई सुचना र प्रविधियुक्त गाउँपालिका बनाउन ३ नम्बर वडामा इन्टरनेट जडान गरिएको हो । गाउँपालिकाका सम्पूर्ण कामहरु ईन्टरनेटको माध्यामबाट वडा कार्यालयमा उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । सेवागा्रहीलाई प्रविधिमैत्री र सुचना छोटोछरितो सार्वजनिक […]
नागरिक रैबार/बाजुरा ७ साउन। आजत भेट्न आउदिन है कालू, मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने, पंखा चलाइदेउ, भुरुरु उडेको पुतली लगायतका दर्जनौ तीज गीतहरु बजारमा ल्याएर चर्चा कमाएकी गायिका हुन् रमिला न्यौपाने । रमिलाले हिन्दु नारीहरुको तीज पर्वलाई लक्षित गरेर प्रत्येक वर्ष तीज गीत बजारमा ल्याएर एकदशक देखि तीज गीतमा आफ्नो निरन्तरता दिदै आएकी छिन् […]
गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यबति गाउँपालिका २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा […]
काठमाडौं–कुनै समय यौन रोगीलाई नेपाली समाजले निकै घृणाको दृष्टिले हेथ्र्यो । अहिले यौन रोग र रोगीलाई हेर्ने दृष्टिकोणमा केही सुधार आएको भएपनि समस्याहरु कायमै छन् । जसका कारण समयमा यौन रोगको उपचार भएको पाइँदैन । बिर्सन नहुने कुरा के हो भने–यौन रोगको समयमै उपचार नगरे थप समस्या निम्तन सक्छ । त्यसैले यौन रोगको लक्षण देखिना […]
सोमबारदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवति गाउँपालिका दुईवटा वडामा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यवति गाउँपालिकाको ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । यता, १२ वर्षीया […]
काठमाडौं- यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ। विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ। औसत भन्दा खुद्राको भाउ झनै बढेको छ। कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ उकासिएको हो। बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, […]
धनगढी, साउन ६ । कैलालीको घोडाघोडी नगरपालिका-११, सिसैयामा छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन्। घोडाघोडी नगरपालिका-११ बस्ने ५५ वर्षीय उदे रावतले आइतबार राति हसियाँ प्रहार गर्दा आफ्नै बुवा ७५ वर्षीय काल्चे रावतको मृत्यु भएको हो। घटनामा मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएकी छिन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले […]
काठमाडौं, ५ साउन । मनसुनी रेखा नेपालतिर सर्दै आएको मौसमविदले जनाएका छन् । जसको प्रभाव नेपालमा सोमबारबाट देखिने छ । मौसमविद मञ्जु बासीले भनिन्, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ । यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’ यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ । यो रेखा सोमबार नेपाल भित्रिने […]
बैतडी, साउन ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशका ७७ जिल्ला इञ्चार्ज तथा सह–इञ्चार्ज तोकेसंगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका इञ्चार्ज तथा सह–इञ्चार्जको पनि टुंगो लागेको छ । बैतडीको इञ्चार्जमा नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर ),सह–इञ्चार्जमा पुरनसिंह दयाल, रेणु चन्द, दार्चुलाको इञ्चार्जमा गणेश ठगुन्नालाई तोकेको छ भने सह–इञ्चार्ज तोकिएको छैन । बझाङको इञ्चार्जमा भैरवबहादुर सिंह, […]
रामबहादुर बिक/बाजुरा ५ साउन । विपि जयन्तीको अवसर पारी बडिमालिका नगरपालिका वडा न ७ सिराडीमा रहेको कट्कलामा वृक्षारोपण गरिएको । आफु बाँचौ विरुवा पनी बचाउ भन्ने मुल उदेष्यका साथ वृक्षारोपण गरिएको हो । उक्त ठाँउमा सुक्खा डाँडो र बाढी पहिरो लाई न्युनिकरण गर्नाका लागी र त्यहाँको वातावरणलाई हरावरा वनाउनको लागी वृक्षारोपण गरिएको स्थानियहरुले बताएका छन् […]
सरकारले आर्थिक वर्ष २०७५÷७६ को अन्तिम महिना असारमा मात्रै सरकारले सरकारी गाडी किन्न झण्डै साढे ४५ करोड रुपैयाँ खर्च गरेको छ। अर्थ मन्त्रालयका अनुसार विभिन्न सरकारी निकायका लागि गाडी किन्न असार महिनामा ४५ करोड २४ लाख ५८ हजार रुपैयाँ रकमान्तर भएको छ। अर्थ मन्त्रालयका अनुसार गृह मन्त्रालय अन्तर्गतका निकायको लागि गाडी किन्न मात्रै १९ करोड ९ […]