होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाढीबाट २ सय ७५ परिवार विस्थापित
देश/प्रदेश

बाढीबाट २ सय ७५ परिवार विस्थापित

  • नागरिक रैबार
बाढीबाट २ सय ७५ परिवार विस्थापित

मोरङ, साउन ११ । बाढीका कारण मोरङमा अहिलेसम्म २ सय ७५ परिवार विस्थापित भएका छन्। विराटनगर महानगरपालिका–१२ मा मात्रै ६० मुसहर परिवार विस्थापित भएका छन्।

शुक्रबार वर्षापछि केसलिया खोलामा बाढी आउँदा विराटनगर महानगरपालिका–६ रामपुरमा बाँध भत्केर गाउँ पस्दा वडा नम्बर ६, १२ र १६ का विभिन्न गाउँ डुबानमा परेका छन्।

केसलियाको बाढी ब्रम्हपुरा बस्तीमा पस्दा १० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिम्राही, दरैया र बखरी पश्चिमको क्षेत्र पूरै डुबानमा परेको छ।

विज्ञापन

यसअघि असार २४ गतेदेखि एक सातासम्म परेको वर्षाका कारण विराटनगर–१२ बखरीस्थित मुसहर बस्तीका १२५ परिवार विस्थापित भएका थिए। बक्राहा खोलामा आएको बाढीका कारण सुनवर्सी नगरपालिका–५ मा ५५ घर डुबानमा परेका छन्। लोहन्द्रा खोलामा आएको बाढीका कारण कटहरी गाउँपालिका–४ का १५० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि