होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूर पहाडका १६ निर्वाचन क्षेत्रका लागि सुविधा सम्पन्न एम्बुलेन्स खरिद
देश/प्रदेश

सुदूर पहाडका १६ निर्वाचन क्षेत्रका लागि सुविधा सम्पन्न एम्बुलेन्स खरिद

  • नागरिक रैबार
सुदूर पहाडका १६ निर्वाचन क्षेत्रका लागि सुविधा सम्पन्न एम्बुलेन्स खरिद

सुदूरपश्चिम प्रदेश सरकारले पहाडी ७ जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि सुविधा सम्पन्न एम्बुलेन्स भने खरिद गरेको छ। प्रदेशको सामाजिक मन्त्रालयले सवा ६ करोड २५ लाखमा १६ वटा सुविधा सम्पन्न एम्बुलेन्स खरिद गरेको हो। भन्सार छुट भएपछि ३९ लाखका दरले ’बी ग्रेड’ का एम्बुलेन्स खरिद गरिएको सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए।
‘एम्बुलेन्स खरिद गरी यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘हस्तान्तरणमा अझै केही महिना लाग्ने देखिएको छ, हरेक निर्वाचन क्षेत्रको एउटा स्थानीय तहलाई मर्मत र चालकको व्यवस्था गर्ने गरी एम्बुलेन्स हस्तान्तरण हुनेछ।’ उनका अनुसार दशैँ भन्दा अगाडी नै एम्वुलेन्स वितरण हुने छ।
एम्बुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सीजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतका सुबिधा रहेको सामाजिक विकास मन्त्रलायका सचिव गोगनवहादुर हमालले बताए। ‘एम्वुलेन्समा अनिवार्य स्वास्थ्यकर्मी पठाउने व्यवस्था समेत हुने छ,’ उनले थपे, ‘सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डर बाहेकका सुबिधा नभएको अवस्थामा नयाँ १६ वटा एम्वुलेन्स खरिद भएपछि स्वास्थ्य सेवामा सुधार हुने छ।’
मन्त्रालयले दिएको जानकारी अनुसार बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल तथा डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकीमा एम्बुलेन्स वितरण हुनेछन्। त्यस्तै डोटीमा, जिल्ला अस्पताल र चमारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल र बाब्ला स्वास्थ्य चौकीलाई संयुक्त रुपमा एक एम्बुलेन्स, अछामकै बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई पनि संयुक्तरुपमा एउटा एम्बुलेन्स हस्तान्तरण हुनेछ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
Breaking News
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि