होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • औषधी खाने खर्च कटाएर ७८ बर्षिया वृद्धाले दिइन् रंगशालाका लागि ५० हजार
देश/प्रदेश

औषधी खाने खर्च कटाएर ७८ बर्षिया वृद्धाले दिइन् रंगशालाका लागि ५० हजार

  • नागरिक रैबार
औषधी खाने खर्च कटाएर ७८ बर्षिया वृद्धाले दिइन् रंगशालाका लागि ५० हजार

चितवन,साउन ११-भरतपुर महानगरपालिका वडा नः १० की ७८ बर्षिया एक वृद्धाले चितवनको भरतपुरमा निर्माणधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ५० हजार दिएकी छन् । धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई उनी बस्दैं आएको होटलमा नै पुगेर डम्वरकुमारीले सो रकम दिएकी हुन् । भरतपुरको गर्मीमा नालाखाला पसिना निकाल्दै नाती र ज्वाईको साथ लागेर आएकी डम्वर कुमारीले रंगशाला निर्माणको कामलाई सहयोग गर्न भनेर रकम दिएको बताइन् ।

रकम मात्रैं दिइनन् डम्वरकुमारीले फाउण्डेशनका अध्यक्ष कट्टेललाई सधैं खुसी र निरोगी रहन र समयमा नै रंगशाला निर्माण गर्न आर्शिवाद पनि दिइन् । केही बर्षअघि वितेका श्रीमानको नाममा राखेको कोषबाट प्राप्त ब्याजको रकम जम्मा पारेर रंगशाला निर्माणका लागि दिएको डम्वरकुमारीको भनाइ छ ।

‘कसैले पनि रंगशालाका लागि रकम दे भनेर दिएको हैन’ डम्वरकुमारीले रुमालले अनुहार पुच्छै भनिन्, ‘मेरो मनबाटैं आयो रंगशालाका लागि पैसा दिनुपर्दछ भनेर ।’ उनले गएको असार २१ गते नै रंगशालाका लागि पैसा दिने सोच बनाएको बताइन् । घरमा हुँदा कहिलेकाँही क्रिकेट हेर्ने गरेको र क्रिकेट खेल आफुलाई समेत मन पर्ने डम्वरकुमारीले सुनाइन् ।

विज्ञापन

‘देशभित्रै रंगशाला बन्यो भने मेरा नाती पलातीहरुले खेल्छन्, विदेशमा गएर खेल्नुपदैन, दुःख पाउँदैनन्’ डम्वरकुमारीले आशावादी हुँदै भनिन्, ‘समयमा नै रंगशाला निर्माणको काम सकियो, देशभरीका सबै छोराछोरी, नातिनातिनाहरुलाई पनि सहयोग गर्न अपिल गर्छु ।’ उनले रंगशाला निर्माणको ठाँउ हेर्न जाने इच्छासमेत लागेको सुनाइन् । तर, बर्खाका कारणले जान नसकेको र हिउँदमा जाने उनको चाहाना छ । रंगशाला बनेपछि मैदानमा गएर खेल हेर्ने धोको बाँचिरहे पुरा हुने विश्वास उनले व्यक्त गरीन् ।

उनका छोरीका छोरा अनिल अधिकारी क्रिकेटर हुन् । उनले हालै भारतबाट कोचको समेत तालिम लिएर आएका छन् । अधिकारीले रंगशालाका बारेमा हजुरआमाले पहिल्यैबाट चासो देखाएको बताए । ‘म पनि सहयोग गर्छु भन्नुहुन्थ्यो’ अनिलले भने ‘आमालाई सुगर प्रेसरको रोग छ औषधी खाने पैसा पनि थपेर दिनुभएको छ । ’

धुर्मस सुन्तली फाउण्डशेनका अध्यक्ष सिताराम कट्टेलले ७८ बर्षको आमाले क्रिकेट रंगशालाका लागि सम्झेर सहयोग गरेकोमा आफुलाई निकै खुसी लागेको बताए । ‘मैले त सोचेको पनि थिइन् यतिको उमेरको आमाले पनि सहयोग गर्नुहुन्छ भनेर’ धुर्मसले भने, ‘५० हजार दिएर आमाले दिएको सन्देशले निकै ठूलो अर्थ राख्छ मलाई उर्जा थपेको छ ।’ रंगशाला निर्माणका लागि सबैभन्दा जेठो सदस्यका रूपमा डम्वरकुमारी नै सहयोग गर्ने पहिलो व्यक्ति भएको धुर्मुसले बताए । नारायणीअनलाइनबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार