होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ‘चार महिनाभित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा’
देश/प्रदेश

‘चार महिनाभित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा’

  • नागरिक रैबार
‘चार महिनाभित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा’

बुटवल। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल भए नेपाल भ्रमण वर्ष २०२० सफल हुने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० सफलताका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ठूलो भूमिका खेल्ने उनले बताए । बिहीबार भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना निरीक्षण गर्ने क्रममा मन्त्री भट्टराईले आफू पर्यटनमन्त्री नियुक्त भएपछि उपत्यका बाहिर पहिलो भ्रमणका रूपमा लुम्बिनीलाई छनोट गरेको बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका साथै यससँग जोडिएको लुम्बिनी पनि भ्रमण वर्ष सफलताको मुख्य आधार रहेको उनले बताए । नेपाल भ्रमण वर्षको सफलताका लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको थप भएको म्यादसहित २०१९ डिसेम्बरसम्म निर्माण कार्य पूरा भएर सञ्चालनमा आउनुपर्ने बताए ।

‘म निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा आएको नै २०१९ डिसेम्बरभित्र विमानस्थल निर्माण कार्य पूरा गर्न के के समस्या छन् ? त्यो बुझेर समाधानका लागि पहल गर्न हो,’ मन्त्री भट्टराईले भने । मन्त्री भट्टराईसहित प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, प्रदेश ५ उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लिला गिरी, प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, विष्णु पन्थी, भोजप्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति रुपन्देही सभापति एकराज विश्वकर्मा, बुटवल उपमहानरपालिका प्रमुख शिवराज सुवेदी, सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नागरिक उड्डयन प्राधिकरण राजन पोखरेल, प्राधिकरणमा राष्ट्रिय गौरवका आयोजना हेर्ने इन्जिनियर प्रदीप अधिकारीले विमानस्थल निरीक्षण गरेका थिए ।

विज्ञापन

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले प्रगति विवरण प्रस्तुत गर्दै भौतिक प्रगति ७४ प्रतिशत र वित्तीय प्रगति ५३ प्रतिशत भएको जानकारी दिए । अधिकारीका अनुसार केही समस्या नआए २०१९ डिसेम्बरमा निर्माण कार्य पूरा हुनेछ । मन्त्री भट्टराईले सरकारले गति बढाउने बताएका छन् । बुटवलमा पे्रेस संगठन नेपालले अयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराई भने, ‘सरकारको गति कम छ तर सही दिशामा छ ।’ बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा ‘मन्त्री भट्टराईले भने, ‘गति बढाएर गलत दिशामा जानुभन्दा कम गतिले सही दिशामा हिँड्नु उपयुक्त हुन्छ । सरकार सही दिशामा छ । अब यसको ‘स्पिड’ बढ्छ ।’

सरकार जनता र राष्ट्रको आवश्यकतालाई प्राथमिकतामा अगाडि बढेको स्पष्ट पारे । मन्त्री भएपछि पहिलोपटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनीसँग सम्बन्धित विभिन्न क्षेत्रको निरीक्षणका लागि भट्टराई रूपन्देही आएका हुन् ।

सरकारले आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने दाबी गरे । हाम्रो ध्यान यातायात र पूर्वाधारमा केन्द्रित छ । अबको तीन वर्षभित्र नेकपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेका सबै कार्ययोजना सरकारले पूरा गरेर छाड्छ । राजधानी दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
Breaking News
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि