होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ज्येष्ठ नागरिक वृद्धभत्ताबाट वञ्चित
देश/प्रदेश

ज्येष्ठ नागरिक वृद्धभत्ताबाट वञ्चित

उजुरी दिन सदरमुकाम धाउन बाध्य

  • नागरिक रैबार
ज्येष्ठ नागरिक वृद्धभत्ताबाट वञ्चित

आर्थिक वर्ष ०७५/७६ बितेको चौथो साता पुग्न लागेको छ । तर, सिरहा औरही गाउँपालिकाका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाबापत पाउँदै आएको ज्येष्ठ नागरिक भत्ता अझै पाउन सकेका छैनन् । गाउँपालिकाले दोस्रो चौमासिकदेखि ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छैन । जसले गर्दा औरहीका ज्येष्ठ नागरिक भत्ताका उपलब्ध गराउनका लागि उजुरी दिन जिल्ला प्रशासन कार्यालय धाउनुपरेको छ । आफूले दुई किस्तादेखि वृद्धभत्ता नपाएको भन्दै औरही–४ इँटाटारका ७६ वर्षीय कारी यादवले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई निवेदन दिए ।

जिल्ला प्रशासन कार्यालय परिसरमा भेटिएका यादवले आफूजस्तै गाउँका धेरै वृद्धवृद्धाले भत्ता नपाएको नयाँ पत्रिकालाई बताए । उनले भने, ‘वडा कार्यालय जाँदा आज दिन्छु, भोलि दिन्छु भनेर घर फर्काइदिन्छ ।’ प्रतिमहिना दुई हजार भत्ता पाउँदै आएका यादवले आठ महिनाको १६ हजार पाउन बाँकी छ । ‘पैसा नपाएपछि पोषिलो खानेकुरा किन्न सकिनँ,’ यादवले भने, ‘मन लागेका सामान किन्न मात्र होइन चियासमेत किनेर खान पाएको छैन ।’

कारीको जस्तै समस्या मो. रमजान, दुखनी देवी, महावीर यादवलगायतले पनि भोगिरहेका छन् । औरही–५ मा मात्र ३० जनाभन्दा बढी भत्ताबाट वञ्चित भएको स्थानीय अगुवा नवल यादवले बताए । यता औरही–४ र इँटाटारमा ५० भन्दा बढीले दुई किस्तादेखि रकम नपाएको रामकुमार यादवले बताए । ‘जसको राज्यले दिएको सुविधा पाउनुपर्ने योग्यता पुगेको छ । उनीहरूलाई स्थानीय सरकारले सुविधा उपलब्ध गराउनुपर्छ,’ उनले भने, ‘यो केन्द्रीय सरकारको पैसा हो । यो वा त्यो बहानामा नदिएको हो भने जसरी पनि उपलब्ध गराउनुपर्छ ।’

विज्ञापन

अनलाइन घटना दर्ता नहुँदा समस्या
सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिको विवरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइटमा ‘अनलाइन घटना दर्ता’ गर्दा औरहीमा यो समस्या आएको हो । गाउँपालिकाले पाँचवटै वडामा अनलाइन घटना दर्ता गर्न पाँच–पाँचजना कर्मचारी खटाएको थियो । कर्मचारीले दर्ता गर्दा नाम छुटाएकाले करिब डेढ सयजना सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका हुन् ।

 पन्छिए प्रमुख प्रशासकीय अधिकृत देव
औरहीका करिब डेढ सय नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीरज देवले बताए । ‘म आउनुभन्दा पहिले नैे अनलाइन घटना दर्ता गरिएको रहेछ,’ उनले भने, ‘आर्थिक वर्ष सकिइसकेका कारण केही गर्न सकिँदैन ।’

यस विषयमा कार्यपालिकाले नै केही गर्नुपर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत देव पन्छिए । आर्थिक वर्ष ०७५/७६ मा ससर्त अनुदानअन्तर्गत एक हजार आठ सय ३८ जनाका लागि दुई करोड १५ लाख सामाजिक सुरक्षा रकम वितरण गरिएको प्रमुख देवले बताए ।

 वडाबाटै त्रुटि : गाउँपालिका अध्यक्ष यादव
औरहीका अध्यक्ष सिद्धार्थ यादवले वडा कार्यालयको त्रुटिले यस्तो समस्या आएको स्वीकार गरे । अनलाइन दर्ता गर्ने समयमा वडासचिव र अध्यक्षले ध्यान दिन नसक्दा यो समस्या आएको भन्दै उनले गाउँसभाबाट समाधान निकाल्ने बताए । अध्यक्ष यादवले भने, ‘वृद्धवृद्धाप्रति अन्याय भएको हो । यसको समाधान गाउँसभाले निकाल्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार