होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा २० साउन । बाजुरा जिल्लाकाे बडीमालिका नगरपालिका वडा नं ३ रजाली ठाँटीकाद टाेलमा लगातार आएको अबिरल बर्षाले जमिन भासीएर घर भत्किएकाे छ । वडा नं ३ रजाली ठाँटीकाद टाेलमा घर भत्किदा हर्क उखेडा र कर्न उखेडाकाे १० जना परिवारकाे बिचल्ली भएकाे छ । भन्ने अन्न भाँडाकुँडा र घरको छानोका पडामा क्षेती भएको पिडित […]
नागरिक रैबार/ बाजुरा २० साउन । जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले जिल्ला अस्पतालमा भदौ पहिलो साताबाट बिषशेज्ञ सहितको सेवा दिने बताएका छन । शुक्रबार बिहान जिल्ला अस्पताल बाजुराको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले बताएका हुन । लामो प्रयास पछि स्त्रिरोग बिषशेज्ञ, एमडिजिपी डाक्टर ल्याउन पहल भईरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष […]
नागरिक रैबार/ बाजुरा २० साउन । काेभिड १९ को संक्रमण प्रत्यक दिन बढ्दै गएकोले जन स्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीको अध्यक्षतामा बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले सो निणर्य गरेको हाे । जिल्लाको टाटेँ स्वास्थ्य चौकीमा एक […]
नागरिक रैबार/ बाजुरा २० साउन । साँफे मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त अम्काेट क्षेत्रमा वैकल्पिक मार्ग निर्माणकाे काम अघि बढाउने गरि बिहिबारदेखि काम सुरु भएको छ । साउन १७ गते बुढीगंगा नगरपालिका, स्थानीय जग्गा धनी र सडक डिभिजन कार्यालय साँफे बीचको वैकल्पिक मार्ग निर्माण गर्ने त्रिपक्षीय सहमति भएको थियो । बल्दे क्षेत्रमा पहिरो जान थालेको […]
नागरिक रैबार/ बाजुरा १९ साउन । पर्यटन विकासकाे मुख्य अाधार,स्वच्छ र सरसफाइयुक्त मार्तडी बजार भन्ने मुल नारालाइ भ्रमण बर्ष २०७९ को अवसरमा आज मार्तडी बजारमा सर सफाई गरेकाे छ। बडिमालिका नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय बाजुरा ,नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सराेकारवालाकाे सहकार्यमा सर सफाईमा गरिएकाे हाे। बडीमालिका यात्रा वर्ष २०७९ लाई […]
नागरिक रैबार/ बाजुरा १९ साउन । जिल्ला अस्पताल बाजुरामा एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक नहुदा समस्या भएको छ । सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहदै आएको छ । सामान्य घाउ देखी हड्डीको अप्रेसनका लागि पनि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको अस्पताल ब्यबस्थापन समिति अध्यक्ष कार्कीले बताए । बडीमालिका नगरपालिका १ बस्ने २० […]
नागरिक रैबार/ बाजुरा १९ साउन । बाजुरा जिल्लाका ३८६ जना बालबालिकामा कुपोषण देखिएको छ। पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरेको थियो। पोषण पुनस्र्थापना गृह बाजुराकी प्रमुख निर्मला विकका अनुसार जिल्लाको नौवटै स्थानीय तहका एक हजार ४१४ जना बालबालिकालाई कुपोषण जाँच गर्दा ३८६ जना बालबालिकामा कुपोषण देखापरेको हो। कुपोषण […]
नागरिक रैबार/ १९ साउन बाजुरा । बाजुराका स्याउ उत्पादक केही कृषकहरुले काँचै स्याउ टिपेर बजारमा बेच्न थालेका छन् । हिजो आज जिल्लाका माथिल्ला क्षेत्रका स–साना बजार र फाटफूट सदरमुकाम मार्तडीमा समेत कृषकहरुले स्याउ टिप्ने बेला नहुँदै स्याउ टिपेर बेच्न थालेका छन् । काँचै स्याउ टिपेर बजारमा ल्याएर बेचेको देखेपछि कृषि ज्ञान केन्द्र बाजुराले स्याउँ टिप्न […]
बाजुरा । स्त्री रोग बिशेषज्ञ नहुदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भईरहेको बाजुरामा अब स्त्री रोग बिशेषज्ञ डाक्टर जाने भएका छन । स्वास्थ्य सेवाका हिसाबले एकदमै पछि रहेको बाजुरा जिल्लामा बिशेषज्ञ डाक्टर नहुदा उपचारमा निकै समस्या हुने गरेको छ । जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्री रोग बिशेषज्ञ नहुदा धेरै […]
नागरिक रैबार/ १८ साउन बाजुरा । बडिमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्कीका २० बर्षका छोरा क्यान्सर पिडित सार्कीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । सदरमुकाम मार्तडीमा सहयाेगकाे लागि गुहार गरेपछि केही रकम संकलन भएको हो । स्थानिय युवा प्रसाद रावल, प्रकाश खड्का र प्रेम नेपालीले केही राहत संकलन गरी आफन्तलाई हस्तान्तरण गरेका छन […]
नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराबाट एकै दिन दुई जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । ४ दिन देखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की २३ बर्षिया जेनि राई नाथ र मंगलबार देखी सुत्केरी ब्यथा लागेकी बुढिनन्दा नगरपालिका वडा न २ की मनु रेग्मी पाध्यायको हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले […]
नागरिक रैबार/बाजुरा १८ साउन।बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले अवरुद्ध साँफे-मार्तडी सडक एकहप्ता भित्र संचालनमा ल्याउने बताएका छन् । मंगलबार कन्सन बाजुरामा सडक विभाग र अम्कोट बासीसंग सडक खुलाउने विषयमा राखेको छलफलमा उनले सो कुरा बताएका हुन् । उनले वर्षेनी साँफे-मार्तडी सडक अन्तरगत बल्दे दवारीको सडक पहिरोका कारण अवरुद्ध हुँदै आएकोले यसको विकल्पका रुपमा कन्सन […]
नागरिक रैबार/बाजुरा १८ साउन। सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापालाई पितृ शोक परेको छ । थापाका पिता जयविर थापाको मंगलबार दिउसो ६९ वर्षको उमेरमा निधन भएको हो । कलाकार थापाका पिताको बडीमालिका नगरपालिका वडा नम्बर ८ मा निधन भएको हो । मालिका माविका शिक्षक समेत रहेका कलाकार थापा स्वर्गीय जयविर थापाका तेस्रो सन्तान हुन् । […]
नागरिक रैबार/बाजुरा १४ साउन।जिल्लाको बढीगंगा नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । दुई दिन अगाडि बार्षिक निति तथा प्रस्तुतिकरण गरेको बुढीगंगाले आज छैटौं नगरसभा मार्फत आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन लागेको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । देशभरका पालिकाहरुले आर्थिक वर्ष २०७९/०८० का […]
नागरिक रैबार/बाजुरा १४ साउन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्मर ९ रहेको समाज सुधार युवा क्लवले आजबाट सरसफाई सप्ताह सूरु गरेको छ । बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न समाज सुधार युवा क्लवले मार्तडीमा आजबाट सरसफाई सप्ताह सूरु गरेको हो । बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी […]
नागरिक रैबार/बाजुरा १४ साउन। जिल्लाको बुढीगंगा नगरपालिकाले नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरभित्रका बेरोजगार युवाहरुलाई रोजगारी दिनका लागि नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चाालन गर्न लागिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन्। उनले बिहीबार नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कार्यक्रम सञ्चालन गरिने बताएका हुन्। युवाहरुको रोजगारीका लागि […]
नागरिक रैबार/बाजुरा १३ साउन।बुढीनन्दा नगरपालिका २ स्थित कोल्टीमा रहेको जनप्रकाश माविको भारतीय राजदुतावासको अलपत्र भवनको पुन:निर्माण कार्य सूचारु हुने भएको छ । ७ वर्ष अगाडी भारतीय दूतावासको४ करोड ४४लाख ७२ हजार ४सय ४४ रुपैयाको सहयोगमा जनप्रकाश माविको १५ कोठे भवन निर्माणका लागि बजेट विनियोजन भएको थियो । भारतीय दुतावासले ७ बर्ष अगाडी इबिडीङ्ग सिस्टमबाट उक्त […]
नागरिक रैबार/बाजुरा १३ साउन।नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिले एकहप्ता देखि अवरुद्ध भएको साँफे-मार्तडी सडक सूचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई आग्रह गरेको छ । शुक्रबार नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिका सभापति गोपाल कार्कीको नेतृत्वले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई साँफे मार्तडी सडक अन्तरगतको बल्दे-दवारी सडकलाई खुलाउन ध्यानाकर्षण […]
नागरिक रैबार/बाजुरा १३ साउन।सुदूरपश्चिकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा लाग्ने पुजालाई व्यवस्थित बनाउन बडीमालिका नगरपालिकाले सरोकारवालासंग छलफल गरेको छ । शुक्रबार बडीमालिका नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर बडीमालिका मन्दिरमा यस वर्ष लाग्ने पुजालाई व्यवस्थित बनाउन छलफल गरेको हो ।बडिमालिकामा हरेक बर्ष साउन पूर्णिमाको अघिल्लो दिन पुजा लाग्ने गर्दछ । बडीमालिकाले यस वर्ष बडीमालिका यात्रा […]
नागरिक रैबार/बाजुरा ११ साउन। बुढीगंगा नगरपालिकाको असार २३ गते भएको निर्वाचनलाई भयरहित बातावरणमा सम्पन्न गराउन बाजुरामा खटाइएका शसत्र प्रहरी बल नेपालका प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगादत्त पन्तको बाजुराबाट सरुवा भएको छ । शसत्र प्रहरी बल नेपाल प्रधान कार्यालयले २३८ जना डिएसपीको एकैपटक सरुवा गरेपछि उनको पनि बाजुराबाट सरुवा भएको हो । बैशाख ३० गते भएको […]