होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भारतीय दुतावासको अलपत्र विद्यालय भवनको पुनः निर्माण गरिने
Breaking News

भारतीय दुतावासको अलपत्र विद्यालय भवनको पुनः निर्माण गरिने

  • नागरिक रैबार
भारतीय दुतावासको अलपत्र विद्यालय भवनको पुनः निर्माण गरिने

नागरिक रैबार/बाजुरा १३ साउन।बुढीनन्दा नगरपालिका २ स्थित कोल्टीमा रहेको जनप्रकाश माविको भारतीय राजदुतावासको अलपत्र भवनको पुन:निर्माण कार्य सूचारु हुने भएको छ ।

७ वर्ष अगाडी भारतीय दूतावासको४ करोड ४४लाख ७२ हजार ४सय ४४ रुपैयाको सहयोगमा जनप्रकाश माविको १५ कोठे भवन निर्माणका लागि बजेट विनियोजन भएको थियो ।

भारतीय दुतावासले ७ बर्ष अगाडी इबिडीङ्ग सिस्टमबाट उक्त भवन निर्माणका लागि “ग्याल्वो निर्माण सेवासंग सम्झौता गरेको थियो । तर निर्माण कार्यको सात बर्ष बितिसक्दा पनि भवनको २०% मात्रै काम पनि हुन सकेको थिएन् ।

विज्ञापन

May be an image of outdoors

भवन निर्माण कम्पनीले १ करोड ६९ लाख १२ हजार १ सय ४१ रुपैया भुक्तानी लिई सकेको पाईएको छ तर भवन भने अहिलेसम्म अलपत्र अवस्थामा रहेको छ ।

अलपत्र अबस्थामा रहेको उक्त विद्यालयको भवन पुनः निर्माणका लागि बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराले काठमाण्डौंमा रहेको भारतीय दूतावाससंग अनुरोध गरेपछि सो भवनको पुनः निर्माण गरिने भएको हो ।

नगरप्रमुख बोहराले दुतावासंग भेट गरेर सो भवनको बारेमा जानकारी लिएपछि यसै महिनाभित्र दुतावासले स्थलगत अनुगमन गर्ने र नयाँ प्रक्रिया बाट भवन निर्माण गर्ने भएको बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै