होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाले नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने
समाचार

बुढीगंगाले नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने

  • नागरिक रैबार
बुढीगंगाले नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने

नागरिक रैबार/बाजुरा १४ साउन। जिल्लाको बुढीगंगा नगरपालिकाले नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरभित्रका बेरोजगार युवाहरुलाई रोजगारी दिनका लागि नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चाालन गर्न लागिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन्।

उनले बिहीबार नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कार्यक्रम सञ्चालन गरिने बताएका हुन्। युवाहरुको रोजगारीका लागि खनिज खानिको अध्यायन तथा अनुसन्धान गरी खनिज खानिमा लगानी गरिने उनले बताएका हुन्।

नगर प्रमुख बानियाँले वार्षिक २ सय जनालाई सिपमूलक तालिम प्रदान गरिने, सफल उद्यमीलाई १ देखि २ वर्ष सम्मको कर छुट गरिने, मुख्य बजार क्षेत्रमा सीसीटिभी जडान गरिने, सामाजिक सुरक्षा भत्ता प्रत्येक वडामै गएर वितरण गरिने बताएका छन्।

विज्ञापन

त्यस्तै, शैक्षिक सुधारका लागि नगर भित्रका प्रत्येक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गरिने र त्यसका लागि प्रत्येक विद्यालयमा एक एक जना अंग्रेजी शिक्षकको व्यवस्था गर्ने, नगर भित्रका प्रत्येक माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्था गर्ने बताइएको छ।

गरिब, दलित र आर्थिक रुपमा पिछडिएकाहरुका लागि अनाथलयको स्थापना गरिने, असहाय बृद्धाहरुका लागि वद्धाश्रम र घरेलु हिंसाबाट पीडित महिलाहरुका लागि सेफहाउसको स्थापना गरिने पनि बताइएको छ। नगरपालिकाले नगरवासीलाई स्वच्छ खोपानीको व्यवस्था गर्ने, भ्रष्टाचार र अनियमितता शून्य सहनशिलता भन्ने नारालाई आत्मसात गर्दै प्रत्येक तीन महिनामा स्थानीय तहले गरेका राम्रा कामको सार्वजनिक समिक्षा गर्ने जस्ता नीति तथा कार्यक्रम ल्याएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार