होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साँफे – मार्तडी सडकको अम्काेटमा वैकल्पिक मार्ग निर्माण सुरु
समाचार

साँफे – मार्तडी सडकको अम्काेटमा वैकल्पिक मार्ग निर्माण सुरु

  • नागरिक रैबार
साँफे – मार्तडी सडकको अम्काेटमा वैकल्पिक मार्ग निर्माण सुरु

नागरिक रैबार/ बाजुरा २० साउन । साँफे मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त अम्काेट क्षेत्रमा वैकल्पिक मार्ग निर्माणकाे काम अघि बढाउने गरि बिहिबारदेखि काम सुरु भएको छ । साउन १७ गते बुढीगंगा नगरपालिका, स्थानीय जग्गा धनी र सडक डिभिजन कार्यालय साँफे बीचको वैकल्पिक मार्ग निर्माण गर्ने त्रिपक्षीय सहमति भएको थियो । बल्दे क्षेत्रमा पहिरो जान थालेको चार वर्ष पछि वैकल्पिक बाटो निर्माणको काम अघि बढेको हो ।

पालिकाका तर्फबाट बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बाँनीयाको टोलीले अम्कोट बासीसँग गरेको लगातारको छलफल र संवाद पछि नयाँ बाटो निर्माणका लागि जमिन दिन स्थानीय तयार भएका हुन् । उनीहरुले मुआब्जा नलिएर नै सडक निर्माण गर्न दिने साउन १५ गते मात्र लिखित सहमति दिएका थिए ।

कामको रिवन काटेर जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले उद्घाटन गरेका छन् । नयाँ वैकल्पिक मार्गको नगर प्रमुख राबहादुर बाँनीया, उपप्रमुख माया कुँवर, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, सडक डिभिजन कार्यालयका प्रतिनिधी सहीत स्थानीयको उपस्थितिमा कामको औपचारिक सुरुवाद गरिएको हो ।

विज्ञापन

स्थानीयले जमिन निशुल्क दिने, सडक निर्माणको लागत सडक डिभिजन कार्यालय अछामले बेहोर्ने र सहजिकरण नगरपालिकाले गर्ने सहमतिमा निर्माणको काम अघि बढेको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् ।

May be an image of 16 people, people sitting, people standing, tree and grass

बल्देको घम्तीबाट बल्दे आटीचौर सडक भएर कन्सन बाजुराको कार्यालय अगाडिलाई नै जिरो प्वाइन्ट बनाएर सडक निर्माण सुरु गरिएको छ । पुरानै रुटको सडक थप खन्दा माथिको बस्ती नै नरहने अवस्था आएकोले गाउँ माथिबाट सडक लिन दिने सहमति गरिएका स्थानीयको भनाई छ ।

वैकल्पिक मार्ग निर्माणको जिरो प्वाइन्टबाट काम सुरु भएपछि जिल्ला बासीमा केही आशाको तरंग फैलिएको छ । ‘स्थानीयको सहमतिपछि काम सुचारु गरिएको डिभिजन कार्यालय प्रमुख राजेश यादवले बताएका छन् । बर्षादको समयमा सडक निर्माणको काम प्राविधिक दृष्टीकोणबाट राम्रो मानिदैन्, तर बिशेष परिस्थितिलाई मध्येनजर राखेर काम अघि बढाइएको हो ।

May be an image of 5 people, people standing, tree and outdoors

वैकल्पिक मार्ग निर्माण हुन सके तत्कालको पहिरोले अवरुद्ध सडक सुचारु हुने छ । सदरमुकाम नै सडक सम्पर्कबाट विच्छेद हुने अवस्थाको अन्त्य र अल्पकालिन समाधानका लागि वैकल्पिक बाटो नै उपयुक्त निकास हुने नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् ।

१२ करोड लागत स्टमेट सहीतको थप चार किलोमिटर मार्ग निर्माणको फाइल गएको वर्षको पौच देखि मन्त्रालयमा थन्कीएको डिभिजन कार्यालय अछामका प्रमुख राजेश यादवले बताएका छन् । वैकल्पिक मार्गको कच्ची बाटो निर्माण गर्न सके कालोपत्रेका लागि हिउँदमा प्रक्रिया अघि बढाएपनि हुने देखिन्छ । बाटो अवरुद्ध हुँदा सदरमुकामसँगको सम्पर्क नै विच्छेद छ । यात्रुहरु पैदल हिँड्न बाध्य छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार