होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगाले आज २०७९/८० को बजेट ल्याउँदै
Breaking News

बुढीगंगाले आज २०७९/८० को बजेट ल्याउँदै

  • नागरिक रैबार
बुढीगंगाले आज २०७९/८० को बजेट ल्याउँदै

नागरिक रैबार/बाजुरा १४ साउन।जिल्लाको बढीगंगा नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । दुई दिन अगाडि बार्षिक निति तथा प्रस्तुतिकरण गरेको बुढीगंगाले आज छैटौं नगरसभा मार्फत आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन लागेको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

देशभरका पालिकाहरुले आर्थिक वर्ष २०७९/०८० का लागि असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भएको भएपनि बुढीगंगामा भने स्थानीय तहको निर्वाचन नै हुन् सकेको थिएन् ।

May be an image of 9 people and people standing

विज्ञापन

असार २३ गते निर्वाचन भएर जनप्रतिनिधि आईसकेपछि बुढीगंगाले आज बजेट ल्याउन लागेको हो । बुढीगंगामा यस अघि बसेको कार्यपालिका बैठकले साउन १२ गते नीति तथा कार्यक्रम प्रस्तुतिकरण गरेको थियो भने पालिकाकै निणर्य अनुसार आज १४ गते नगर सभा गर्ने जनाएको थियो ।

नगरले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेको बुढीगंगाका नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार