होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीगंगाको चुनाव गराउन बाजुरा आएका शसत्रका डिएसपी पन्तको सरुवा
बाजुरा बिशेष

बुढीगंगाको चुनाव गराउन बाजुरा आएका शसत्रका डिएसपी पन्तको सरुवा

  • नागरिक रैबार
बुढीगंगाको चुनाव गराउन बाजुरा आएका शसत्रका डिएसपी पन्तको सरुवा

नागरिक रैबार/बाजुरा ११ साउन। बुढीगंगा नगरपालिकाको असार २३ गते भएको निर्वाचनलाई भयरहित बातावरणमा सम्पन्न गराउन बाजुरामा खटाइएका शसत्र प्रहरी बल नेपालका प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगादत्त पन्तको बाजुराबाट सरुवा भएको छ ।

शसत्र प्रहरी बल नेपाल प्रधान कार्यालयले २३८ जना डिएसपीको एकैपटक सरुवा गरेपछि उनको पनि बाजुराबाट सरुवा भएको हो ।

No description available.

विज्ञापन

बैशाख ३० गते भएको बुढीगंगा नगरपालिकाको निर्वाचनका क्रममा सुरक्षामा गम्भिर लापरवाही गरेको भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, डिएसपी चर्तुभुज ओझा र शसत्र प्रहरीका डियसपी दिपक विष्टलाई गृहमन्त्रालयले जिम्मेवारीबाट हटाउन निर्देशन गरेको थियो ।

गृहमन्त्रालयले बाजुरामा रहेका तत्कालिन सुरक्षा निकायका प्रमुखहरुलाई हटाएर बुढीगंगाको निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, नेपाल प्रहरीका डिएसपी सुर्य थापा र शसत्रका डिएसपी पन्तलाई बाजुराको  जिम्मेवारी दिएर पठाएको थियो ।


बुढीगंगाको निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि ३ डिएसपी पन्तसहित सिडियो अधिकारी र डिएसपी सुर्य थापा नेपाली सेनाको हेलिकप्टर मार्फत जेठ १५ गते बाजुरा आएका थिए ।

बुढीगंगामा असार २३ गते भएको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएपश्चात शसत्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक पन्त बाजुराबाट बैतडी जिल्लामा सरुवा भएका हुन् । उनी यस अघि बुढीगंगाको चुनाव गराउन टिकापुर तालिम केन्द्रबाट बाजुरा आएका थिए । उनीसंगै आएका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी र नेपाल प्रहरीका डियसपी सुर्य थापा भने बाजुरामै छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार