होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १७ जेठ। नेपाल लोकस्टारका टप ५ प्रतिस्पर्धी पविन्द्र सुनारको स्वरमा दोस्रो गित सार्वजनिक भएको छ । गीतमा पविन्द्र सुनारसंगै विशाखा शाही ठकुरीले स्वरमा साथ दिएकि छिन् । बाजुराको बुढीनन्दा नगरपालिकामा जन्मेका सुनारको सानै देखिको गायक बन्ने सपना थियो । उनले लोक स्टारमा आफ्नो गायकि क्षमतालाइ बलियो बनाउँदै टप ५ सम्म पुग्न सफल भएका […]
नागरिक रैबार/बाजुरा १६ जेठ। आर्थिक वर्ष २०७८/७९ का लागि केपि ओली नेतृत्वको सरकारले जेठ १५ गते (हिजो) सार्वजनिक गरेको बजेटमा बाजुराका ९ वटा स्थानीय तहहरुका लागि २ अर्व ६७ करोड बढी बजेट विनियोजन भएको छ। आगामी आर्थिक बर्षमा बाजुराका स्थानिय तहरुका लागि सरकारको अन्र्तर सरकारी वित्तिय हस्तान्तरण माफर्त २ अर्व ६७ करोड ४० लाख रकम […]
नागरिक रैबार/बाजुरा १६ जेठ । जिल्लाको त्रिवेणी नगरपालिकाले कोभिड-१९ अस्थायी अस्पताल संचालनमा ल्याएको छ । नगरापलिकाले कोरोना महामारी सङ्ग लडन, सर्वसाधारण लाई गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्ने उद्देश्यले नगरपालिकाको मुख्य केन्द्र टुडेगडा तोलिमा अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको हो । अस्पतालको एक औपचारिक कार्यक्रमका विच नगरप्रमुख रामसिंह रावलले उद्धघाटन् गरेका हुन् ।अस्थायी कोभिड अस्पतालको उद्धघाटन् […]
नागरिक रैबार/बाजुरा १६ जेठ। जिल्लाको बुढीगंगा नगरपालिकाको १ र २ मा पर्ने ताँप्री सेराको मानवबस्ती र खेतियोग्य जमिन जोगाउन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले ५० लाख बजेट विनियोजन गरेका छन् । मन्त्री शाहले ताँप्री सेराको मानवबस्ती र खेतियोग्य जमिनलाई मध्येनजर गरी आजकै मितिमा कार्यान्वयन हुने गरि उक्त स्थानमा तटबन्धन निर्माणका लागि […]
नागरिक रैबार/बाजुरा १६ जेठ। बाजुरा जिल्लामा न्यून रहेको कोरोना परिक्षणको दर बढाईने भएको छ । जिल्लाका ९ ओटै स्थानिय तहका गाउँ गाउँमा कोरोना भाईरस संग मिल्दो जुल्दो लक्षणका बिरामीहरु रहेको तर कोरोना पोजेटिभ देखिने डरले स्वास्थ्य सँस्था नजाने देखिएकोले गाउँ गाउँ टोलमै गएर परिक्षण गरिन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ट जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले […]
नागरिक रैबार/बाजुरा १४ जेठ। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह दोस्रो पटक मन्त्री बनेका छन् । बाजुराको प्रदेश ख मा एमालेबाट निर्वाचित शाह दोस्रो पटक मन्त्री बनेका हुन् । उनले यस अघि सम्हाल्दै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट शुक्रबार राजिनामा दिएपछि मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी […]
नागरिक रैबार/बाजुरा १४ जेठ। जिल्ला खेलकुद विकास समिति बाजुराका नवनियुक्त अध्यक्ष राकेश थापाले जिल्लामा खेल क्षेत्रको विकास गर्नका लागि आफ्नो कार्यकाल भरि खटिएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार जिल्ला खेलकुद विकास समितिमा अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै थापाले जिल्लामा खेल क्षेत्रको विकास र खेलक्षेत्रलाइ चिनाउन निरन्तर लाग्ने प्रतिवद्धता जनाएका हुन् । उनले बाजुरामा खेल […]
नागरिक रैबार/बाजुरा १४ जेठ। बडीमालिका नगरपालिका वडा नं. ९ को कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी लालचन्द्र नेपालीलाई दिईएको छ । वडा अध्यक्ष विनोद कुमार विकको कोरोनाका कारण निधन भएपछि वडा अध्यक्षको पद रिक्त रहेको थियो । आज वडा कार्यालयमा बसेको वडा समितिको बैठकबाट वडाको बाँकी कार्यकालका लागि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११६ बमोजिम […]
नागरिक रैबार/शुक्रबार १४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेधीले नेकपा एमाले सुदूरपश्चिम प्रदेशका नेता कर्ण थापालाई उल्टै प्रति प्रश्न गर्दै आफूलाई स्पष्टीकरण सोध्नु पूर्व आफैले आफैलाई को हुँ भन्ने थाहा पाउन जरुरी रहेको बताएका छन् । मन्त्री सुवेदीले एक पत्रमार्फत आफ्नो स्पष्टिकरण दिदै प्रदेश अध्यक्ष थापालाइ यस्तो आरोप लगाएका हुन । […]
१३ जेठ, बाजुरा । बाजुरामा निषेधाज्ञाको अवधि आगामी जेष्ठ २१ गते सम्मका लागि थप गरिएको छ । बाजुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ । बाजुरा जिल्लामा संक्रमण पनि दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला […]
१३ जेठ, बाजुरा। बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन्। बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताएका छन् । अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र […]
चक्रबहादुर अयडी/बाजुरा ११ जेठ। त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले कोरोना भाईरस संक्रमित नगरबासीलाई थप उपचारका लागि अन्यत्र लिन नगरपालिकाले एम्बुलेन्स सरह निजि गाडीहरु भाडामा लिने गरी तयारी गरेको बताएका छन् । नेपाल प्रेस यूनियन जिल्ला शाखा बाजुराको आयोजनामा मंगलबार आयोजना गरिएको कोभिड १९ को अवस्था र न्यूनिकरणमा हाम्रो भुमिका विषयक जुम मिटिङ अन्तरक्रिया कार्यक्रममा […]
नागरिक रैबार/बाजुरा ११ जेठ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विनोद कुमार विकको निधनपछि वडा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ । वडा अध्यक्ष विकको कोरोनाका कारण गत बैशाख २५ गते निधन भएपछि वडा कार्यालयको दैनिक कामकाज २ सातादेखि प्रभावित भएको होे । वडा अध्यक्षको निधनपछि निर्वाचित ४ जना वडा सदस्यहरु मध्ये […]
नागरिक रैबार/बाजुरा १० जेठ। बाजुरामा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ४ सय २८ पुगेको छ । आज २६ जनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । त्यस्तै बाजुरामा कोरोनाबाट मुक्त हुनेको सख्या २ सय ३९ पुगेको […]
नागरिक रैबार/बाजुरा ९ जेठ। सामाजिक अभियान्ता हेमराज थापाले कोरोनाको महामारीमा अग्रपंक्ति रहेर संचार क्षेत्रमा खटिएका बाजुराका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर तिव्र रुपमा फैलिएसंगै बाजुरामा दिनप्रतिदिन कोरोनाको जोखिम बढेपछि जिल्लामा अग्रपंक्तिमा रहेर काम गर्ने बाजुराका पत्रकारलाई सामाजिक अभियान्ता थापाले पिपिई १० सेट, सर्जिकल मास्क ५०० पिस, […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बोलन्या थली बाजुराले जिल्ला अस्पताल बाजुरा र टाँटे स्वास्थ्य चौकीका लागि ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण गरेको छ । जिल्लामा पछिल्लो समयमा कोरोनाका संक्रमितहरु दिनप्रतिदिन बढ्दै गएपछि कोरोना संक्रमितहरुले अक्सिजन अभावकै कारण ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले जिल्ला अस्पताल र टाँटे स्वास्थ्य चौकीलाई ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण गरेको बोलन्या थलि […]
नागरिक रैबार/बाजुरा ७ जेठ । जिल्लामा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि जिल्लामा निषेधाज्ञा जेठ १४ गतेसम्मका लागि थप भएको छ । बैशाख २२ गते देखी सुरु भएको निषेधाज्ञा थप जेठ ७ गते र तेस्राे पटक जेठ १४ गते सम्मका लागि थप भएको प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले बताएका छन । जिल्लामा कोरोना भाईरसको […]
नागरिक रैबार/बाजुरा ५ जेठ। सुदूरपश्चिमका वरिष्ठ देउडा गायक लालबहादुर थापाको “कर्णालीको भाका” नामक ठाडी भाका गीतको भिडियो सार्वजनिक भएको छ । कर्णालीबासीको सामाजिक कथा व्यथालाई समेट्ने गरी तयार पारिएको सो गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो । कर्णालीबासीको भेषभुषा, कला संस्कृति, परम्परा र सामाजिक समस्याहरुलाई गीतका शव्दसहित भिडियोमा देखाईएको छ । गायक थापाकै स्वर, शव्द, […]
नागरिक रैबार/बाजुरा ५ जेठ। बाजुरामा पछिल्लो २४ घण्टामा एन्टिजेन प्रविधीबाट गरिएको कोरोना परिक्षणमा ९ जना नयाँ संक्रमित थपिएका छन् । ९ जना संक्रमित थपिएसंगै बाजुरामा कोरोना संक्रमितको संख्या तीन सय ६२ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै आज मात्रै एक जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यलय प्रमसख महेश चन्दले […]
नागरिक रैबार/बाजुरा ५ जेठ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ३ लाई आजबाट लागु हुने गरि जेठ १२ गतेसम्मका लागि सिल गरिएको छ । वडामा कोरोना महामारी फैलिन नदिन वडा नं. ३ लाई जेठ ५ गतेदेखि १२ गतेसम्म लागु हुने गरि पुरै वडा सिल गरिएको वडा अध्यक्ष डम्बरबहादुर शाहीले बताएका छन् । वडामा हाल २० जना […]