होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केरा खेतिबाट पारिवारिक पालनपोषण
समाचार

केरा खेतिबाट पारिवारिक पालनपोषण

  • नागरिक रैबार
केरा खेतिबाट पारिवारिक पालनपोषण

नागरिक रैबारर, ८ असार  गौमुल  ।  गौमुल गाउँपालिका वडा नं। २ रनेडाका कृषक श्री बुदे रोकायाले ८ रोपनि खेतियोग्य जग्गामा ब्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन ।आज भन्दा ४ र ५ बर्ष अघाडी तत्कालिन कृषि विकाश कार्यालय बाजुराबाट १० वटा केराका विरुवा माग गरी केराको बगैचा स्थापना गरेका हुन । उनिसंग हाल ५ सय देखि ६ सय वटा केराका विरुवा रहेका छन । जस मध्य ६० देखि ७० बोटहरुमा फल लागेका छन ।

सामान्य तया केराको एक बोटले एक पटक मात्र फल दिन्छ जस अनुरुप प्रत्यक महिनामा ६० देखि ७० बोटले फल दिईरहेको छ । प्रत्येक महिनामा २ हजार देखि ३ हजार सम्म आम्दानि भईरहेको र हाल सम्म करिब ६० देखि ७० हजार नगदै केरा बेचेर आम्दानी भएको जानकारी गरेका छन ।उनको घरमा ५ जनाको परिवार छ उनि केरा खेतिबाटै पारिवारिक खर्च र केटाकेटिको पढाई खर्च जुटाईरहेको उनको भनाई छ ।
केरा खेति गरि गाउँपालिकामा नमुना कार्य गरेको भन्दै गौमुल गाउँपालिका कृषि विकाश शाखाले थप व्यवसायि बनाउन अनुदानको व्यवस्था गर्ने निर्णय गरेको शाखा प्रमुख दिपेन्द्र सार्कीले जानकारी गरेका छन ।

 

विज्ञापन

गाउँपालिकाका सम्पुर्ण कृषकहलाई व्यवसायि बनाउन प्राविधिक एवं आर्थिक सहयोग गर्न गाउँपालिका निरन्तर रुपमा लाग्ने शाखाका कृषि प्राविधिक रमेश वि।क ले जानकारी गरेका छन । यसै पनि गौमुल गाउँपालिका फलफुल उत्पादनको मुख्य श्रोतको रुपमा स्थापित गर्ने योजना गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले जानकारी गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार